२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

नेपालगञ्ज। बाँकेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ।

राप्तीसोनारी गाउँपालिका– १ कुसुमस्थित सौरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको र मोटरसाइकल चालक एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे ९ प ६४२८ नं को मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको बा ०१–०६ ख ३५९३ नं को बसले ठक्कर दिँदा राप्ती सोनारी गाउँपालिका–९ ढकेरी निवासी ३२ वर्षीय सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

सो दुर्घटनामा मोटरसाइकल चालक ढकेरीका ३७ वर्षीय हीरासिंह ओली गम्भीर घाइते भएको उनले बताए। घाइते ओलीलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याएर उपचार भइरहेको प्रहरीले जनाएको छ।

उक्त घटनापछि करिब ढेड घण्टा पूर्व–पश्चिम राजमार्गको ढकेरी खण्ड अवरुद्ध भएको थियो । स्थानीयसँग क्षतिपूर्तिका विषयमा बिहीबार छलफल गरेर टुंगो लगाउने सहमति गरी शव परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ।


सामाग्री श्रोत :

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट