२०८२ बैशाख २३ मंगलवार
२०८२ बैशाख २३ मंगलवार

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एजेन्सी–अप्रिलमा दुईलाख ५० हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केको शरणार्थीका लागि राष्ट्र सङ्घीय उच्च आयुक्त (यूएनएचसीआर) जनाएको छ।  

स्वदेश फिर्ता हुनेहरूमध्ये अधिकांश महिला तथा बालबालिका रहेका जनाइएको छ।

शरणार्थी समयमा उनीहरू शिक्षा, आवागमनको स्वतन्त्रतालगायतका प्रतिबन्धका विचमा अनिश्चित भविष्यको सामना गरिरहेका छन्। उनीहरूले स्वऐच्छिक रुपमा सुरक्षित र सम्मानजनक फिर्ता हुन पाउनुपर्ने युएनएचसीआरले  सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ।  

Ncell 2
Ncell 2

करिब ७० लाख अफगान शरणार्थीमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू  हाल विदेशमा बसिरहेका छन् अधिकांश इरान र पाकिस्तानमा छन्।

पाकिस्तानी सरकारले सन् २०२५ सम्ममा ३० लाख अफगानीहरूलाई निष्कासन गर्ने योजना बनाएको छ भने इरानी अधिकारीहरूले कागजातविहीन अफगानीहरूलाई आफ्नो घर फर्कन आग्रह गरेका छन्।

shivam cement
shivam cement

अफगानिस्तानको चरम गरिबी र बेरोजगारीले आफ्ना नागरिकहरूलाई इरान पाकिस्तान लगायतका वैदेशिक मुलुकमा अवसरहरूको खोजी गर्दै  देश छोड्न बाध्य पारेको जनाइएको छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट