२०८२ बैशाख २२ सोमबार
LATEST NEWS
२०८२ बैशाख २२ सोमबार

२६ वर्षीया महिलाको शव फेला

काठमाडौं। सुर्खेतको भेरीगंगामा एक युवती मृत भेटिएकी छिन्। गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओली आइतबार दिउँसो मृत भेटिएकी हुन्।

भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा मृत भेटिएकी ओलीको आइतबार बेलुका मात्रै शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

घटनास्थलमा पुगेका आफन्तले ओलीको शव पहिचान गरेका छन्। रत्न राजमार्गको छिन्चु-सुब्बाकुना सडक खण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दुरीमा उनको शव भेटिएको थियो।

पानीमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। उनी शनिवार बिहान घरबाट छिन्चु बजार जान्छु भन्दै हिँडेको र घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो।

उनका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको र घरमा सासू, ससुरा, एक छोरीसहित बस्दै आएकी थिइन्।


सामाग्री श्रोत :

२६ वर्षीया महिलाको शव फेला

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट