२०८२ बैशाख २१ आईतवार
LATEST NEWS
२०८२ बैशाख २१ आईतवार

गोपिकृष्ण र जमुना खतिवडाको ‘दिलको राजा दिलकी रानी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं – गायक गोपिकृष्ण खतिवडा र गायिका जमुना खतिवडाको स्वरमा रहेको नयाँ लोकगीत ‘दिलको राजा दिलकी रानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम भाव र पारिवारिक आत्मीयता समेटिएको यस गीतमा शब्द र सङ्गीत स्वयं गोपिकृष्ण खतिवडाले तयार पारेका हुन् । जमुना खतिवडाको सुमधुर स्वरले गीतमा मिठास थपेको छ भने रमण थामीको सङ्गीत संयोजनले आधुनिक र आकर्षक बनाएको छ ।

गीतको रेकर्डिङ अनिश योञ्जनले त्रिताल रेकर्डिङ स्टुडियो अनामनगरमा गरेका हुन् । मिक्सिङ सुन्दर लामाले गरेका छन् भने गिटारमा सबिर कार्की, मादल, तबला र ढोलकमा अनिल मगर र बाँसुरीमा सम्पूर्ण लामाको योगदान रहेको छ । सङ्गीत पक्षमा प्रयोग भएका पारम्परिक बाजा र आधुनिक संयोजनको मेल दर्शकका लागि आकर्षणको विषय बनेको छ ।

म्युजिक भिडियोमा भीमसेन खतिवडा, नारायण चौलागाईं र सरस्वती चौलागाईंको अभिनय समावेश छ । उनीहरूले गीतको भावलाई गहिरो अभिनयमार्फत प्रस्तुत गरेका छन् । नृत्य निर्देशन आशिष लामाले गरेका छन् भने सुबिन दाहालले सम्पादन मार्फत भिडियोमा प्रवाह र सौन्दर्यता थपेका छन् ।

Ncell 2
Ncell 2

भिडियोलाई ठाकुर खतिवडाले निर्देशन गरेका हुन् । ‘दिलको राजा दिलकी रानी’ को छायाङ्कन मेलम्ची नगरपालिका–२ र काठमाडौँको गोकर्णेश्वर क्षेत्र मा गरिएको हो, जसले ग्रामीण र सहरी वातावरणलाई सँगसँगै प्रस्तुत गरेको छ। भिडियो जमुना खतिवडा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतले नेपाली लोक संगीतको मौलिकता, पारिवारिक सम्बन्ध र प्रेम भावनालाई आधुनिक दृश्य प्रभावमार्फत दर्शक–श्रोतासमक्ष प्रस्तुत गर्ने प्रयास गरेको छ । लोक–प्रेमी दर्शकले गीतलाई सकारात्मक प्रतिक्रिया दिने अपेक्षा गरिएको छ ।

भिडियोः

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट