२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

खेलाडीबाट सिकेर नेताहरुले पनि निश्चित अनुशासनभित्र रहेर काम गर्नुपर्छ: गृहमन्त्री लेखक

पाटन (ललितपुर)। गृहमन्त्री रमेश लेखकले शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई मानसिक स्वस्थताका लागि पनि खेल आवश्यक रहेको बताएका छन्।

गोदावरी नगरपालिकाको आयोजनामा आज नगरपालिका–१० टाहाखेलस्थित गोदावरी बहुउद्देश्यीय रंगशालामा दोस्रो उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलको विस्तारले युवा र खेलाडीको लगनशीलताका साथै लागुऔषध दुर्व्यसन घटाउँदै समाजलाई सभ्य, सुसंस्कृत र व्यवस्थित बनाउन सकिने धारणा राखे।

गृहमन्त्री लेखकले भने, ‘मुलुकमा बढ्दो लागुऔषधको दुव्र्ययसन, आत्महत्या, सडक दुर्घटना, साइबर अपराधजस्ता समस्या छन्। खेलले युवामा नकारात्मक कुराहरूलाई घटाउने काम गर्छ। अनुशासनमा बाँध्छ।’ खेलाडीबाट सिकेर नेताहरुले पनि निश्चित अनुशासनभित्र रहेर काम गर्नुपर्ने उनको भनाइ थियो।

गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले स्थानीयस्तरबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने र खेल जीवनबाट नै जीविकोपार्जन गर्नसक्ने अवस्था तयार गर्न नगरपालिकाले खेलकुदका विभिन्न गतिविधि गर्दै आइरहेको बताए।

आजदेखि सुरु भएको प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको वडा नं १० का अध्यक्ष शेखर न्यौपानेले जानकारी दिए।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विजेता टोलीले रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता जेठ ३ गते समापन हुनेछ।


सामाग्री श्रोत :

खेलाडीबाट सिकेर नेताहरुले पनि निश्चित अनुशासनभित्र रहेर काम गर्नुपर्छ: गृहमन्त्री लेखक

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट