२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

‘ह्याक फर नेपाल’ ह्याकाथन १५ जेठदेखि, यसरी हुनुहोस् सहभागी

काठमाडौँ । नेपाल स्टुडेन्ट आईटी क्लबले आगामी १५ देखि १७ जेठसम्म ‘ह्याक फर नेपाल’ नामक ह्याकाथन आयोजना गर्ने भएको छ । देशका प्रमुख चुनौतीलाई प्रविधिको माध्यमबाट समाधान खोज्ने उद्देश्यले नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ललितपुरमा ४८ घण्टे कार्यक्रम आयोजना गर्न लागिएको हो ।

क्लबका अनुसार यो ह्याकाथन विशेषगरी कृषि प्रविधि, स्वास्थ्य सेवा, विद्युतीय सुशासन, शिक्षा र खुला नवप्रवर्तन जस्ता क्षेत्रमा केन्द्रित हुनेछ । स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको कार्यक्रमले नवप्रवर्तनात्मक समाधान विकास गर्न प्रोत्साहन गर्ने आयोजकको लक्ष्य छ ।

ह्याकाथनका मुख्य विषयवस्तुमा स्वास्थ्य प्रविधि (हेल्थ टेक) अन्तर्गत एआई-सञ्चालित टेलिमेडिसिन र रोग पहिचान, कृषि प्रविधि (एग्रिटेक) अन्तर्गत स्मार्ट खेती र बजार पहुँच, विद्युतीय सुशासन (ई-गभर्नेन्स) अन्तर्गत सरकारी सेवामा सुधार र पारदर्शिता तथा खुला नवप्रवर्तन (ओपन इनोभेसन) अन्तर्गत नवीकरणीय ऊर्जा, दिगो पर्यटन, विपद् व्यवस्थापन जस्ता क्षेत्रमा प्राविधिक समाधान खोजिनेछ ।

यस कार्यक्रम जेठ १५ गते शुक्रबार बिहान सुरु भई १७ गते आइतबार बिहानसम्म चल्नेछ । यो पूर्णतः भौतिक उपस्थितिमा (अनसाइट) हुनेछ ।

प्रतिस्पर्धामा सहभागी हुन २ देखि ४ जना स्नातक तहका विद्यार्थीको समूह बनाउनुपर्नेछ । कार्यक्रम अवधिभर सहभागीलाई सम्बन्धित उद्योग र शैक्षिक क्षेत्रका विज्ञले मेन्टरसिप प्रदान गर्नेछन् भने अन्तिम चरणमा प्रस्तुत गरिएका समाधानलाई उद्योगका शीर्ष विशेषज्ञहरूको निर्णायक मण्डलले मूल्याङ्कन गर्नेछ । ​

ह्याक फर नेपालमा सहभागी हुन इच्छुक स्नातक तहका विद्यार्थीले दुईदेखि चार जनाको समूह निर्माण गरी यहाँ क्लिक गरेर दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ २३:५१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट