साइप्रसमा महामारी सुरु भए देखिकै उच्चमा कोरोना , १ को मृत्यु, आज 1,120 मा कोरोना पुष्टी

Facebook
Twitter
LinkedIn
समिम मियाँ
१४ जुलाई २०२१/ लिमासोल

साइप्रसमा महामारी सुरु भए देखि  कै उच्च मा कोरोना पुगेको छ। हिजो मंगलबार एकै दिन मा १,०८१ जनामा देखिएको कोरोना आज १,१२० जनामा कोरोना पुष्टी भएको जानकारी दिदै कोभिड-१९ का कारण आज पनि १  जनाको पनि मृत्यु  स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना को संक्रमण तिव्र रुपमा बढे पछि  साइप्रस डार्क रेड जोन मा परेको छ। ।

European Centre for Disease Prevention and Control (ECDC) ले साइप्रसलाई ‘डार्क रेड’ जोन मा राखेको हो ।

यो संगै पोजेटिभिटि दर पनि 1.79  प्रतिशत भएकोछ।

स्वास्थ्य मन्त्रालयले बुधबार  दिनभरिको टेस्टको जानकारी दिदै ६२,६५६  नमुनाको पिसिआर र र्यापिड टेस्ट गरिएकोमा १,१२०  जनामा मा संक्रमण देखिएको बताएको हो ।

कन्ट्याक्ट ट्रेसिंगमा परेका ११३२   जना मध्य  १६९  जना , पापोस र लार्नाका एयरपोर्ट बाट १६५४  जना मध्य ६   जना, व्यक्तिगत रुपमा चेक गराउने २६८६  जना मध्य २१०  जना, जनस्वास्थ्य ल्याब बाट ४३९  जना मध्य २०  जनामा कोरोना पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका १०९१ जना मध्य ४२  जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ६७१  जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५५४२९ मध्य  ६६७   बिरामी फेला परेका मध्य निकोसियामा २०७ जना, लार्नकामा ११९ जना, लिमासोलामा २११ जना, पापोसमा ६५   जना , फामागुस्तामा ६९  जनामा संक्रमण पुष्टी भएको हो।

जिल्ला अनुसार धेरै संक्रमण लिमासोल मा रहेको देखिएको छ।

आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म ८७,३०५   जना संक्रमित भै सकेका छन्।

आज मृत्यु हुनेमा ५६ वर्षीय महिला रहेको बताइएको छ।  कोरोनाको कारण हाल सम्म ३८३  को ज्यान गैसकेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हस्पिटल मा अहिले १६५ जना भर्नारत छन् जसमध्य ४० को अवस्था गम्भीर रहेको छ।

यो समाचार पनि पढ्नुहोस् : इजराइल जान यसरी अप्लाई गर्नुस्। अगस्ट बाट रोजगारीको आवेदन खुलाउने तयारी

कोरोना बढे पछि झस्कियो सरकार ,लकडाउन गरेर खोप अभियानलाई तीव्रता दिनु पर्ने महामारीविज्ञको सुझाव

कोरोना को संक्रमण बढे पछि सरकार नि झस्किएको छ।  कोरोना नियन्त्रण गर्न फेरी लकडाउन लगाउने कि विभिन्न प्रतिबन्ध लगाउने बारे शुक्रबार बस्ने मंत्री परिसद को बैठकले निर्णय गर्ने छ।  राष्ट्रपती निकोस अनास्टसियादेशले  अध्यक्षता गर्ने सो बैठक आज बस्ने भनिए पनि स्थगित गर्दै पर्सि शुक्रबार को लागी तय गरिएको हो।

कोरोना भाइरसको महामारी सुरु भए देखि यता कै सबै भन्दा धेरै कोभिड-१९ का बिरामी फेला परे पछि नव स्वास्थ्य मंत्री मिखालिस हाड्जीपेनतालिस ले वैज्ञानिक र महामारी विशेषज्ञको टीम  संग आज छलफल गर्नु भएको छ।

हाल सम्म कै उच्च वुधबार ११२० र  मंगलबार १,०८१ जनामा कोरोना पोजेटिभ पाइएको थियो। वैज्ञानिक र महामारी विशेषज्ञको टीमले कोरोना महामारीको अवस्था बारे ‘ब्रिफिंग’ गर्दै संक्रमण रोक्न  अपनाउनु पर्ने उपाय बारे बताएको थियो।

आजको लागि मन्त्रीपरिषदको बैठक बोलाइए पनि यसलाई स्थगित गर्दै शुक्रबारको लागि पुन: बैठक बोलाइएको छ। मन्त्रीपरिषदको बैठकमा महामारीलाई अझ प्रभावकारी ढंगले रोक्न सकिने बारे र सम्भावित निषेधाज्ञा बारे पनि छलफल हुने छ।

बुधबार मिडिया संग कुरा गर्दै महामारी विशेषज्ञ मिखालिस भोन्याटिसले फेरी लकडाउन हुने सम्भावना तर्फ संकेत गर्नु भयो। लकडाउन गरेर दैनिक नयाँ संक्रमणलाई कम गर्न सकिए पनि अहिले जनसंख्याको ठुलो हिस्सामा खोप लगाउनु  पर्ने उहाँको तर्क थियो।

लकडाउन गरेर बन्द गर्ने  केहि समय पछी खोलेर यो समस्या हल नहुने बताउदै लकडाउन गरेर  तिव्र रुपमा  साथ खोप अभियान चलाए मात्र प्रभावकारी हुने बताउनु भयो।

“यदि हामीले खोप लिन जारी राखेनौ भने गतिविधी पुन: बढ्छ र संक्रमण पनि संगै वृद्धि हुन्छ।” उहाँले भन्नु भयो।

भोन्याटिस को रायमा संक्रमण कम गर्न साइप्रस को जनसंख्याको कम्तिमा ८० देखि ८५ प्रतिशत ले खोप लगाउनु पर्ने हुन्छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार सम्म ६७.५ प्रतिशत जनसंख्याले पहिलो डोज को खोप  छन् भने ५७.५ प्रतिशत जनसंख्याले पुर्ण   खोप लगाई सकेका छन्।

यो गर्मियाममा थप २० % जनसंख्यालाई खोप लगाउन सफल भए जाडोयाम मा हुने संक्रमण लाइ न्यूनीकरण गर्न सकिने महामारी विशेषज्ञ मिखालिस भोन्याटिसको दावी छ।

हस्पिटलमा भर्ना भएका बिरामी को संख्यामा धेरै युवा रहेको र आइसीयु मा बस्नु पर्ने  देखिएको वृद्धि प्रति चिन्ता व्यक्त गर्दै विशेषज्ञ भोन्याटिसले यो महामारीको झन्झट बाट बच्न , आफु, आफ्नाका लागि र सबैका लागि खोप अभियान मा सहभागी हुनु पर्ने बताए।

कोरोना को डेल्टा भेरिएण्ट का कारण संक्रमण बढेको अनुमान गरीए पनि व्याक्तिगत लापरवाही र स्वास्थ्य मापदण्ड पालना नगरिदा संक्रमण बढेको भेटिएको छ।

अगस्त १ देखि निशुल्क कोरोना टेस्ट बन्द गरिने बताइएको छ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.