२०८२ असार ५ बिहीबार
LATEST NEWS
२०८२ असार ५ बिहीबार

काठमाडौँ– नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावसहित छलफलमा सहभागी भई समर्थन जनाउने निर्णय गरेको छ। 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रममा राष्ट्रिय आवश्यकता समेटिएकाले समर्थन गर्ने निर्णयसमेत गरेको हो। 

 

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे बैठकले नीति कार्यक्रम सम्बोधन गर्नेगरी आगामी बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको जानकारी दिए।

बैठकले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझाव दिँदै पक्षमा बोल्न पनि निर्देशन दिएको उनले बताएका छन् ।

Ncell 2
Ncell 2

 बैठकले विधेयक निर्माणको गतिलाई तीव्र बनाउन सक्रिय ढङ्गले संसद् र संसदीय समितिमा भूमिका खेल्ने निर्णयसमेत गरेको उनले बताए। 

यस्तै बैठकले शिक्षकहरुसँग भएको सहमतिअनुसार असार १५ भित्र शिक्षा विधेयक ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएको उनले बताएका छन्।

shivam cement
shivam cement

 

    

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

अदानचुली (हुम्ला)। जिल्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। आठवटै वडाहरू पूर्ण खोप सुनिश्चित भइसकेको र गाउँपालिकास्तरबाट अनुगमनका क्रममा निर्धारित उमेर समूहका बालबालिका सबै खोप लगाएका भेटिएपछि आज गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

गाउँँपालिकाका आठवटै वडा पूर्ण खोप सुनिश्चित घोषित भइसकेपश्चात् आज एक औपचारिक कार्यक्रमको आयोजना गरी सिमकोटलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य संयोजक नर भण्डारीले बताए।

सबै वडा पूर्ण खोप सुनिश्चित घोषित भइसकेपछि गरिएको अनुगमन, स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार घरधुरी सर्वेक्षणका क्रममा पूर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिका पाँच सय ५५ जना रहेका उनले जानकारी दिए। उनका अनुसार खोप लिइरहेका जन्मेदेखि पन्ध्र महिनासम्मका बालबालिका भने एक सय ८४ जना छन्।

जिल्ला सदरमुकाम सिमकोटमा रहेको जिल्ला समन्वय समितिको हलमा गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक शिवराज शर्माको प्रमुख आतिथ्यमा पालिकालाई खोप सुनिश्चित घोषणा गरिएको छ।

कार्यक्रममा खोप अभियानलाई सहयोग गर्ने पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत, रेडियो कैलाशका जनक शाही, अन्नपूर्णकर्मी नरजंग तामाङ र रेडियो कर्णाली आवाजका ऐटन रावललाई कदरपत्रले सम्मान गरिएको छ। साथै आठवटै वडामा कार्यरत स्वस्थ्यकर्मीलाई पनि सम्मान गरिएको छ।


सामाग्री श्रोत :

सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

काठमाडौँ । आजको डिजिटल युगमा हस्ताक्षर आवश्यक पर्ने कागजातका पीडीएफ वा अन्य डिजिटल फाइलका रूपमा बढी आउँछन् । यस्तो फाइल प्रिन्ट गरेर हस्ताक्षर गर्ने अनि फेरि स्क्यान गरेर पठाउने काम निकै झन्झटिलो हुन्छ । डिजिटल रूपमै हस्ताक्षर गर्न सकिने भयो भने हाम्रो काम पनि छिटो हुन्छ भने प्रिन्ट र स्क्यान गर्ने झन्झट पनि गरिरहनु पर्दैन ।

तपाईं आफ्नो आईफोन वा एन्ड्रोइड फोनबाट यस्ता कागजातमा सजिलै हस्ताक्षर गर्न सक्नुहुन्छ । दुवै प्रकारका फोनबाट कागजातमा छिटो हस्ताक्षर थप्न, नयाँ कपी बनाएर सुरक्षित राख्न र पठाउनका लागि फोनमा पहिले नै विभिन्न फिचर उपलब्ध गराइएका हुन्छन् ।

यी फिचर तत्कालको आवश्यकताका लागि निकै उपयोगी छन् । तर तपाईंलाई त्यस्ता पीडीएफ वा अन्य फर्म्याटका कागजातमा धेरै हस्ताक्षर गरिरहनु पर्नेछ भने फोनका यी फिचर पर्याप्त नहोलान् । यसका लागि तपाईंले ‘DocuSign’ र ‘Microsoft365’ जस्ता टुल प्रयोग गर्नुपर्ने हुन सक्छन् ।

तपाईंको हस्ताक्षर आवश्यक पर्ने अधिकांश कागजात भने छोटा र साधारण हुन्छन् । यसले गर्दा एप्पलको मार्कअप टुल र गुगल ड्राइभ तपाईंका लागि पर्याप्त हुन सक्छन् ।

एन्ड्रोइड वा आईफोनमा गुगल ड्राइभ प्रयोग गरेर हस्ताक्षर गर्ने तरिका

गुगल ड्राइभ एप लगभग सबै एन्ड्रोइड फोनमा पहिल्यै इन्स्टल हुन्छ भने आईफोनमा पनि डाउनलोड गर्न सकिन्छ । यसमा कागजातमा हस्ताक्षर गर्न सजिलो बनाउने मार्कअप टुलहरू हुन्छन् ।

एन्ड्रोइडमा ड्राइभ एप प्रयोग गरेर कसरी हस्ताक्षर गर्ने ?

नोट: गुगल ड्राइभले सधैं ‘Form Filling’ आवश्यक पर्ने पीडीएफलाई पहिचान नगर्न सक्छ । यदि तपाईंलाई धेरै टेक्स्ट थप्नु छ भने अन्य सेवा प्रयोग गर्नु राम्रो हुन सक्छ ।

आफ्नो काम सकिएपछि आफूले गरेको परिवर्तन सेभ गर्न माथि दायाँपट्टि रहेको ‘Save’ मा ट्याप गर्नुहोस् । यदि तपाईं हस्ताक्षरसहितको छुट्टै कपी बनाउन चाहनुहुन्छ भने तीन ओटा डट भएको ‘More’ बटनमा ट्याप गरेर ‘Save as’ छान्नुहोस् र सेभ गर्नुहोस् ।

आईफोनमा ड्राइभ एप प्रयोग गरेर कसरी हस्ताक्षर गर्ने ?

आईफोनमा गुगल ड्राइभ एपको हस्ताक्षर गर्ने फिचर केही सीमित छ । एपमा पीडीएफ खोलेपछि तलपट्टि ‘Fill out form’ को अप्सन देखिन्छ । यसले गुगल ड्राइभले फारम भर्न सक्छ कि सक्दैन भनेर संकेत गर्छ । यसमा एन्ड्रोइडमा जस्तो ‘Annotate’ अप्सन हुँदैन । त्यसैले आईफोन प्रयोगकर्ताका लागि एप्पलको आफ्नै मार्कअप टुल बढी उपयोगी हुन्छ ।

आईफोनमा एप्पलको मार्कअप टुल प्रयोग गर्ने तरिका

एप्पलको मार्कअप टुलले कागजात र फोटोमा टेक्स्ट, चित्र, इमोजी र हस्ताक्षर थप्न सघाउँछ । यो टुल तपाईंले आईओएसमा विभिन्न ठाउँबाट प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि पीडीएफ हेर्दा सिधै वा एप्पलको शेयर मेनुबाट फेला पार्न सक्नुहुन्छ ।

यसरी तपाईं आफ्नो स्मार्टफोन प्रयोग गरेर सजिलैसँग डिजिटल कागजातमा हस्ताक्षर गर्न सक्नुहुन्छ र आफ्नो काम छिटो पूरा गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ २२:४७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट अलराउन्डर कुशल मल्ल बाहिरिएका छन्।  

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार आइसिसी क्रिकेट विश्वकप लिग–२ को शृंखला तथा बेलायत भ्रमणका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडीलाई छनोट गरेको हो। छनोटमा लामो समयदेखि लयमा नरहेका कुशललाई हटाइएको हो।

पहिलो चरणमा ५२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । क्यानले यी खेलाडीलाई निलो, हरियो, रातो र पहेंलो गरि चार समूहमा विभाजन गर्दै ‘कोर क्याम्प’ सञ्चालन गरेको थियो। क्याम्पमा गरेको प्रदर्शनका आधारमा मुख्य प्रशिक्षक स्टुअट लले खेलाडी छानेका हुन् ।

Ncell 2
Ncell 2

नेपालले आगामी जुनमा स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग–२ अगाडि बेलायतमा प्रशिक्षण गर्नुका साथै केही अभ्यास खेल खेल्नेछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी

shivam cement
shivam cement

रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, दिलिप नाथ, प्रतिश जिसी, अर्जुन साउद, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, युवराज खत्री, रिजन ढकाल, अकाश चन्द, रुपेशकुमार सिंह, किरण ठगुन्ना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२६ को नतिजा आएको छ। नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो।

https://dvprogram.state.gov/ESC मा गई आफ्नो कनफरमेसन नम्बर राखेर नतिजा हेर्न सकिने छ। तर, नतिजा सार्वजनिक भएको केही मिनेटमै नतिजा जाँच गर्ने वेबसाइट डाउन भएको छ। एकै पटक अत्याधिक प्रयोगकर्ताले वेवसाईट खोलेका कारण ट्राफिक अट्याकमा परेर साईट खुल्न सकेको छैन।

हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन्। डाइभर्सिटी भिसा लोट्री प्रोग्रामलाई ग्रिन कार्ड लोट्री कार्यक्रमको नामबाट चिनिन्छ।


सामाग्री श्रोत :

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं– झापाको सहकारीमा दुई करोड बढी रकम ठगी प्रकरणमा दुई वर्षदेखि फरार रहेका तत्कालीन अध्यक्ष पक्राउ परेका छन् । 

बिर्तामोडमा रहेको पताल गङ्गा बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष रेवती खनाल गत बिहीबार  पक्राउ परेका हुन् । उक्त सहकारी ठगीमा उनी मात्र नभएर परिवार नै संलग्न रहेको आरोप छ । उनीसहित पाँच जना मिलेर सहकारीको दुई करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ हिनामिना गरेको आरोप छ । 

सहकारी ठगीको मुद्दा परेसँगै दुई वर्षदेखि फरार रहेका खनाल गत बिहीबार कैलालीको धनगढीबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट पक्राउ परेका उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा उपस्थित गराइएको छ । 

Ncell 2
Ncell 2

पताल गङ्गा बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन उपाध्यक्ष टंकप्रसाद भेटवालले २०७८ कात्तिक १६ गते २ करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ बिगो कायम गरी खनालविरुद्ध जाहेरी दिएका थिए । उनका विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयमा २०७१ कात्तिक ४ गते मिसिल पेस भएको थियो । 

अदालतबाट भने २०७९ मङ्सिर १४ गते म्याद जारी भएको थियो । अदालतबाट म्याद जारी भएपछि अध्यक्ष खनालकी बहिनी ३६ वर्षीया गोमा खनाल (भण्डारी) २०७९ कात्तिक २५ गते पक्राउ परेकी थिइन् । अनुसन्धानपश्चात् अदालतको आदेशले १ लाख ५० हजार रुपैयाँ धरौटी राखेर  उनी तारेखमा छुटेकी थिइन् ।

shivam cement
shivam cement

त्यस्तै खनालका मामा ससुरा बिर्तामोड घर भई हाल भद्रपुर नगरपालिका वडा नं ८ बस्ने ५१ वर्षीय अनन्त जीवन लुइँटेल पनि अदालतमा आफैँ उपस्थित भई ७५ हजार रुपैयाँ धरौटी राखेर छुटेका छन् । तर खनालकी श्रीमती ४४ वर्षीया कमलादेवी भट्टराई (खनाल) र खनालका भाइ ३६ वर्षीय सिताराम खनाल हालसम्म फरार छन् ।

पक्राउ परेका खनाललाई भने आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। जनमत वांमय प्रतिष्ठानले शनिबार राजधानीमा साहित्यकार किशोर पहाडी र फूलमान वललाई सम्मान गरेको छ।

नेपाली भाषा, साहित्य र वांमयमा पुर्‍याएको योगदान वापत पहाडीलाई गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान र वललाई जनमत–ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको हो।

वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, राजभाई प्रधान, प्रेम श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, दियेशरत्न शाक्य लगायतले पहाडी र वललाई दोसल्ला, सम्मान पत्र, खादा र नगद अर्पण गरे।

जनमत वांमय प्रतिष्ठानले गत महिना आफ्नो ४१औँ वार्षिकोत्सव मनाउने क्रममा २० जना सर्जकलाई सम्मानित गरेको र उक्त समारोहमा विशेष कारणले छुटेका स्रष्टालाई राजधानीमा छुट्टै कार्यक्रम आयोजना गरि सम्मान गरिएको प्रतिष्ठानका सचिव सिर्जना दुवालले बताइन्। कार्यक्रममा कविहरु दियेशरत्न शाक्य, चेतनाथ धमला, रामसुन्दर देउजा लगायतले कवितावाचन गरेका थिए।

प्रतिष्ठानले नेपाली भाषा र साहित्यको प्रवर्द्धनका लागि पुस्तकालय निर्माण, स्रष्टा सम्मानका साथ साथै ‘जनमत’ साहित्यक मासिक निरन्तर प्रकाशन गर्दै आएको र हाल ३ सय ३० औँ अंक प्रकाशन भइसकेको अध्यक्ष दुवालले बताइन्।


सामाग्री श्रोत :

साहित्यकार पहाडी र वललाई जनमत राष्ट्रिय सम्मान

काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर भाइरल भइरहेको छ । तस्बिरमा सेतो दाह्री-जुँगा पालेका एक वृद्ध सिख व्यक्तिले निकै ठुलो र लामो सेतो पगडी लगाएको देखाइएको छ । पृष्ठभूमिमा ग्रामीण परिवेश देख्न सकिन्छ ।

नेपालीसहित केही भारतीय फेसबुक पेज तथा इन्स्टाग्राम अकाउन्टले यो तस्बिर भारतका अवतार सिंह मौनीको भएको र उनले विश्वकै सबैभन्दा लामो पगडी लगाएर कीर्तिमान राखेको दाबी गरेका छन् । यद्यपि टेकपाना फ्याक्टचेकले अवतार सिंह मौनीको भन्दै भाइरल बनाइएको फोटो एआईले तयार पारेको पुष्टि गरेको छ । त्यसका साथै गिनिज बुकमा भारतका अवतार सिंह मौनीको नाममा कुनै रेकर्ड नभएको पत्ता लागेको छ ।

दाबी

बिहीबार १ मे २०२५ बिहान ११ः४४ बजे फेसबुकमा ‘Butwal बुटवल’ नामको फेसबुक पेजले दाह्री-जुँगा पालेका एक वृद्ध सिख व्यक्तिले निकै ठुलो र लामो सेतो पगडी लगाएको फोटो राखेको थियो ।

त्यसको क्याप्सनमा लेखिएको थियो, “विश्वको सबैभन्दा अग्लो पगडी लगाउने रेकर्ड पञ्जाबका अवतार सिंह मोनीको नाममा छ । यो पगडीको तौल ४५ किलोग्राम छ र यसको लम्बाइ ६४५ मिटर छ। यो पगडी लगाउन ५-६ घण्टा लाग्छ ।”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ३१०० बढी रियाक्सन, १४१ कमेन्ट र ३४ शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्कआर्काइभ लिङ्क । 

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले ‘Butwal बुटवल’ नामक पेजको दाबी फेला पारेपछि त्यसबारे थप जानकारीका लागि फेसबुकमा ‘पगडी’ कीवर्ड सर्च गर्‍यो । त्यस क्रममा अन्य थुप्रै पेजले पोस्ट र क्याप्सन उस्तै राख्दै पोस्ट राखेको फेला पार्‍यो ।

त्यसैगरी त्यही दिन सोही क्याप्सन र फोटोसहित ‘National Online News’ नामक फेसबुक पेजले पनि दिउँसो १२ः११ बजे पोस्ट राख्यो । हेर्नुहोस् ओरिजिनल पोस्टआर्काइभ पोस्ट । 

नयाँ पुस्ता डटकम नामक फेसबुक पेजले १ मे २०२५ दिउँसो १२ः४० बजे ‘विश्वको सबैभन्दा अग्लो पगडी लगाउने रेकर्ड पञ्जाबका अवतार सिंह मोनीको नाममा छ। यो पगडीको तौल ४५ किलोग्राम छ र यसको लम्बाइ ६४५ मिटर छ। यो पगडी लगाउन ५-६ घण्टा लाग्छ।’ क्याप्सन सहित त्यही फोटो राख्यो । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ८५४ रियाक्सन, १५ कमेन्ट र ६ शेयर आएको छ । हेर्नुहोस् ओरिजिल लिङ्क आर्काइभ लिङ्क

सोभा थापा नामको फेसबुक पेजले १ मे २०२५ दिउँसो १ बजेर २३ मिनेटमा ‘विश्वको सबैभन्दा अग्लो पगडी लगाउने रेकर्ड पञ्जाबका अवतार सिंह मोनीको नाममा छ। यो पगडीको तौल ४५ किलोग्राम छ र यसको लम्बाइ ६.४५ मिटर छ। यो पगडी लगाउन ५-६ घण्टा लाग्छ।’ क्याप्सन राख्दै सोही फोटो पोस्ट गरेको पाइयो । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ८९०० रियाक्सन, ३५८ कमेन्ट र १४३ शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्कआर्काइभ लिङ्क

त्यस्तै महबुब आलम (ओरिजिनल लिङ्कआर्काइभ लिङ्क), विवस पन्थ (ओरिजिनल लिङ्कआर्काइभ लिङ्क) नामका फेसबुक अकाउन्टले पनि सोही दाबीसहित पोस्ट राखेका छन् । 

जोक्स नेपाल (ओरिजिनल लिङ्कआर्काइभ लिङ्क) र ‘एनएजे इन्टरटेन्मेन्ट’ (ओरिजिनल लिङ्कआर्काइभ लिङ्क) नामका पेजले पनि सोही दाबीसहित पोस्ट राखेका छन् ।

भाइरल सञ्चार नामक फेसबुक पेजले माथि उल्लेख भएको क्याप्सन पढेर भिडिओ बनाएर राखेको छ । २ मे २०२५ मा राखिएको सो भिडिओमा ५५ हजार बढी रियाक्सन, २२५ कमेन्ट, ७३५ बढी शेयर र १८ लाख बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओआर्काइभ भिडिओ

विभिन्न नेपाली फेसबुक पेजले उही पोस्ट र क्याप्सनसहित ती वृद्ध व्यक्तिको फोटो राखेको फेला पारेपछि टेकपाना फ्याक्टचेक डेस्कले उक्त क्याप्सनलाई हिन्दीमा अनुवाद गरी हेर्दा केही हिन्दी पेजले पनि सोही दाबी गर्दै पोस्ट राखेको पायो ।

त्यसका साथै फ्याक्टचेक डेस्कले फोटो गुगल रिभर्स इमेज सर्च, यान्डेक्स र बिङ गरी हेर्‍यो । त्यस क्रममा विभिन्न युट्युब च्यानलले सोही फोटो शर्ट्सका रूपमा राखेको पाइयो । तर, कुनै पनि सञ्चार माध्यमले त्यही फोटोलाई लिएर समाचार बनाएको भेटिएन । 

त्यसपछि उक्त फोटोलाई म्याग्निफायरबाट हेरियो । त्यस क्रममा फोटोमा देखिएका व्यक्तिको औंला कम देखिए । 

त्यसका साथै उनको पृष्ठभूमिमा देखिएका घोडा जस्ता वस्तुको खुट्टा पनि अस्वाभाविक देखियो । 

यी सबै प्रक्रियापछि फोटो एआईले बनाएको हो कि होइन भन्ने पत्ता लगाउने टुल हाइभ मोडेरेसनमा फोटो अपलोड गरी हेर्‍यौं । र, उक्त टुलले फोटो एआई वा डिपफेक प्रविधिबाट ९९.४ प्रतिशत बनेको हुनसक्ने औंल्यायो । उक्त टुलका अनुसार यो फोटो स्टेबल डिफ्युजनबाट बनेको हुनसक्ने सम्भावना उच्च छ । कूल १ स्कोरमा स्टेबल डिफ्युजनबाट बन्ने स्कोर ०.९८ देखिएको छ ।

फोटो एआईबाट निर्मित भएको पुष्टि भएपछि टेकपाना फ्याक्टचेक डेस्कले क्याप्सनको विश्लेषण गर्‍यो । त्यसका लागि पनि क्याप्सनमा भनिएको जस्तो पञ्जाबका अवतार सिंह मौनीले पगडी सम्बन्धी कुनै रेकर्ड राखेका छन् कि छैनन् ? छन् भने त्यसको तौल ४५ किलो हो कि होइन ? लम्बाइ कति हो र त्यसलाई लगाउन पाँच देखि छ घण्टा लाग्छ कि लाग्दैन भन्ने दाबी पुष्टि गर्न लागियो । 

गिनिज वर्ल्ड रेकर्डको आधिकारिक वेबसाइटमा पगडीको रेकर्ड १ डिसेम्बर २०१० मा भारतका मेजर सिंहले राखेको फेला पर्‍यो । उनले ४०० मिटर लामो पगडी लगाएर रेकर्ड राखेका थिए । हेर्नुहोस् लिङ्क र स्क्रिनशट ।

गिनिज वर्ल्ड रेकर्ड्सको वेबसाइटमा ‘अवतार सिंह मौनी’को नाम नै भेटिएन । तर, सन् २०१४ मै भारतीय सञ्चार माध्यम एनडीटीभी, बेलायती सञ्चार माध्यम डेली मेलटेलिग्राफ, अमेरिकाको न्युयोर्क पोस्ट लगायतले अवतार सिंह मौनीले सबैभन्दा गरुङ्गो र लामो पगडी लगाउने गरेको उल्लेख गरेका थिए । उनीहरूका अनुसार अवतार सिंहले लगाउने पगडी ६४५ मिटर लामो र १०० पाउन्ड (४५.३५ किलो) थियो ।

तर, ती सञ्चार माध्यमले पनि अवतार सिंह गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा रहेको उल्लेख गरेका थिए । यदि उनले लगाउने पगडी साँच्चै १०० पाउन्ड तौलको र ६४५ मिटर लामो भए उनले मेजर सिंहको रेकर्ड तोड्ने ती सञ्चार माध्यमले उल्लेख गरेका थिए । तर, त्यसपछि ती तीन ओटै सञ्चार माध्यमले ‘अवतार सिंह मौनी’ले गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएको उल्लेख गरेका छैनन् । 

 

दाबी

फोटोमा देखिएका व्यक्ति अवतार सिंह मौनी हुन् र उनले सबैभन्दा अग्लो पगडीको रेकर्ड राखेका छन् ।

दाबीकर्ता

‘Butwal बटवल’, सोभा थापा, भाइरल सञ्चार, जोक्स नेपाल, एनएजे इन्टरटेन्मेन्ट, नयाँपुस्ता डटकम, नेसनल अनलाइन न्युज, महबुब आलम, विवस पन्थ लगायतका फेसबुक पेज तथा अकाउन्ट ।

तथ्य

भारतका अवतार सिंह मौनीको भन्दै भाइरल भइरहेको अग्लो पगडी लगाएको व्यक्तिको फोटो एआईबाट तयार पारिएको हो । अवतार सिंह मौनीले ६४५ मिटर लामो र ४५ किलोग्राम तौल भएको पगडी लगाएको भन्ने समाचार सन् २०१४ तिर आएका थिए । तर, उनको नाम गिनिज वर्ल्ड रेकर्ड्समा छैन ।

निष्कर्ष

‘Butwal बटवल’, सोभा थापा, भाइरल सञ्चार, जोक्स नेपाल, एनएजे इन्टरटेन्मेन्ट, नयाँपुस्ता डटकम, नेसनल अनलाइन न्युज, महबुब आलम, विवस पन्थ लगायतका फेसबुक पेज तथा अकाउन्टले अवतार सिंह मौनीको भन्दै राखेको फोटो एआईले तयार पारेको हो । उनले सबैभन्दा अग्लो पगडी लगाएकै छैनन् । सन् २०१४ तिर अवतार सिंह मौनीले सबैभन्दा गरुङ्गो र लामो पगडी लगाएको भन्दै भारतीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चर्चा गरेका थिए । उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरिरहेको ती सञ्चार माध्यमले उल्लेख गरेका थिए । तर, त्यसपछि उनको बारेमा केही अपडेट छैन । उनको नाम गिनिज वर्ल्ड रेकर्ड्सको आधिकारिक वेबसाइटमा छैन । सबैभन्दा गरुङ्गो र लामो पगडी लगाउने व्यक्तिको रूपमा गिनिज वर्ल्ड रेकर्ड्समा मेजर सिंहको नाम छ । उनले सन् २०१० मा ३५ किलो तौल भएको पगडी (खुला राख्दा ४०० लामो थियो) लगाएर रेकर्ड राखेका थिए । गिनिज बुकले पगडीका अन्य रेकर्ड राखे पनि सबैभन्दा लामो र गरुङ्गो पगडीको रेकर्ड मेजर सिंहकै नाममा छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ २०:३३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- निर्वाह भत्ता लगायतका विषयमा आवासीय चिकित्सकले गरिरहेको आन्दोलन स्थगित भएको छ। स्वास्थ्य मन्त्रालयसँगको सहमति पछि आन्दोलन स्थगित गरिएको नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा सञ्जीव तिवारीले जानकारी दिए। 

स्वास्थ्य मन्त्रालय र एशोसिएसनबीच ४ बुँदे सहमति भएको हो। मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एशोसिएसनका तर्फबाट डा तिवारीले हस्ताक्षर गरेका छन्।

सहमतिका ४ बुँदा

१) चिकित्सा शिक्षा आयोगको मिति २०८१ माघ २५ गते बसेको १६औं बैठकको निर्णय बमोजिम सम्पूर्ण निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरुलाई (हाल अध्ययनरत एवं अव अध्ययन गर्न आउने) सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरुलाई दिए सरह (स्वास्थ्य सेवाको आठौं तह निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सम्बधित सरोकारवाला निकायलाई निर्देशन गर्ने।

२) आवासीय चिकित्सकहरुको बिदा, ड्युटी आवर अतिरिक्त सुविधा लगायतका बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरी १५ कार्य दिन भित्र प्रतिवेदन पेश गर्ने ।

Ncell 2
Ncell 2

३) चिकित्सा शिक्षा आयोगको १८औं बैठकको निर्णय बमोजिम आयोगले सबै विद्यार्थीहरुले एकीकृत रुपमा म्याचिङ् तथा भर्ना हुन पाउने गरि व्यवस्था मिलाउन मन्त्रालयले सम्बधित सरोकारवाला निकायसँग समन्वय गर्ने ।

४) नेपाल मेडिकल एसोसिएसनले गरिरहेको सबै प्रकारका आन्दोलनका कार्यक्रमहरु आजको मितिबाट अन्त्य गर्ने र सम्पूर्ण चिकित्सकहरु नियमित सेवा प्रवाहको कार्यमा फर्किने ।

सहमित पत्र

shivam cement
shivam cement

Agreement_page-0001-1746281045-1746281658.jpg

Agreement_page-0002-1746281068-1746281658.jpg

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा-नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ।

नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले आज एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उनले उल्लेख गरे।

काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ। आयोजनाले सीतापाइला-भीमुढङ्गा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ।

उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ। सूचनामा भनिएको छ, “रोकिएका समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएका अवस्थामा जथाभावी ओभरटेक नगर्नसमेत अनुरोध छ। साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुने व्यहोरासमेत जानकारी गराइन्छ।”


सामाग्री श्रोत :

नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट