२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

आगामी आर्थिक वर्षमा एआईको कानून तयार गरिनेछ: राष्ट्रपति पौडेल

काठमाडौं । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास र नैतिक प्रयोगका लागि संस्थागत र कानूनी आधार तयार गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

राष्ट्रपति पौडेलले एआईको विकासलाई व्यवस्थित गर्न र यसको प्रयोग नैतिक र जिम्मेवारपूर्ण बनाउन आवश्यक कानूनी तथा संस्थागत संरचना निर्माण गरिने बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले सूचना प्रविधिको क्षेत्रमा नवीनतम प्रविधिको विकास र विस्तारका लागि डिजिटल इकोसिस्टम निर्माण गरिने कुरा पनि उल्लेख गरे । साथै डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई थप प्रभावकारी बनाइने पनि उनले बताएका छन् ।

सञ्चार र निगरानी क्षमतामा वृद्धि गर्न नेपालको आफ्नै भूउपग्रह सञ्चालनको आधार तयार गरिने योजना रहेको राष्ट्रपति पौडेलले बताए । उहाँले अति संवेदनशील सूचना प्रविधिको सुरक्षा र निरन्तरताको सुनिश्चितता गर्दै सुरक्षित साइबर स्पेस निर्माण गरिनेमा जोड दिए । त्यसैगरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी नियमन गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको उनले जानकारी दिए ।

राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षमा सूचना प्रविधि र डिजिटल पूर्वाधार विकासमा सरकारको प्राथमिकतालाई जोड दिएको देखिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १७:३०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट