२०८२ बैशाख २० शनिबार
२०८२ बैशाख २० शनिबार

दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाको पुर्‍याइने

काठमाडौं –  सरकारले दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सुरु गर्ने भएको छ । 

स्वास्थ्य क्षेत्रका जनशक्तिको व्यवस्थापन तथा गुणस्तरीय सेवाका लागि सरकारले संघीय स्वास्थ्य सेवा ऐन जारी गर्ने भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सुरु गर्ने बताएका हुन्। 

उनले सरकारले स्वास्थ्य जनशक्तिको व्यवस्थापन तथा गुणस्तरीय सेवाका लागि संघीय स्वास्थ्य सेवा ऐन  जारी गरिने, प्रतिकारात्मक तथा उपचारात्मक दुवै उपचार पद्धतिको प्रयोग गरिने, सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन संघ प्रदेश र स्थानीय तहबीच सहकार्य गरिने, सातै प्रदेशमा जलन तथा मुटु रोग सेवालाई विस्तार गरिने बताएका हुन् । 

 हरेक वर्ष फागुन महिनालाई नसर्ने रोग महिनाका रुपमा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट