२०८२ बैशाख १९ शुक्रबार
२०८२ बैशाख १९ शुक्रबार

प्ले स्टोरबाट गुगलले हटायो १८ लाख बढी एप, के होला कारण ?

काठमाडौँ । गुगलले सन् २०२४ को सुरुदेखि हालसम्म आफ्नो प्लेस्टोरबाट १८ लाख एप हटाएको छ । यो संख्या गुगल प्लेस्टोरमा सुरुवातमा रहेका जम्मा ३४ लाख एपको झन्डै ४७ प्रतिशत हो ।

टेकक्रन्चमा प्रकाशित एक समाचार अनुसार एप एनालिटिक्स कम्पनी ‘एप फिगर्स’ को अध्ययनमा यस्तो तथ्य देखिएको हो । गुगलका प्रवक्ता ड्यान ज्याक्सनले एप हटाउने काम प्रयोगकर्ताको सुरक्षामा ध्यान दिँदै गुणस्तरीय एपहरू मात्र उपलब्ध गराउने उद्देश्यले गरिएको बताएका छन् ।

गुगलले पछिल्लो केही वर्षदेखि कमजोर, स्पाममयुक्त वा नीति विपरीतका एपमाथि कडाइ गर्दै आएको छ । सन् २०२३ देखि गुगलले प्रत्येक एप कम्तीमा २० जनाले दुई हप्तासम्म परीक्षण गरेपछि मात्र सार्वजनिक गर्न सकिने नियम लागु गरेको थियो ।

गुगलले गत वर्ष ‘सीमित कार्यक्षमता र सामग्री’ (limited functionality and content) भएका एप हटाउने अभियान थालेको थियो । यसै क्रममा कम्पनीले २३ लाखभन्दा बढी नीतिविपरीत एपलाई सार्वजनिक हुन नदिएको पनि जानकारी दिएको छ ।

हटाइएका एपमध्ये सबैभन्दा धेरै दुई लाख जति गेम सम्बन्धी थिए । त्यसपछि १ लाख ६० हजार शिक्षा र १ लाख १५ हजार व्यापारसम्बन्धी एप थिए ।

यता, एप हटाइरहँदा पनि विश्वभर नयाँ एप सार्वजनिक हुने दर भने अघिल्लो वर्षको तुलनामा ७.१ प्रतिशतले बढेको ‘एप फिगर्स’ ले जनाएको छ ।

एन्ड्रोइड एप्सको संख्यामा गिरावट देखिँदा एप्पलको एप स्टोरमा भने थोरै वृद्धि देखिएको छ । एप्पल स्टोरमा एप्सको संख्या १६ लाखबाट १६ लाख ४० हजार पुगेको उक्त अध्ययनले देखाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १७:३८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट