२०८२ बैशाख १९ शुक्रबार
२०८२ बैशाख १९ शुक्रबार

भाइरल भिडिओमा बबी सिंहले पड्काएको ‘पेस्तोल’ ह‍ेर्दै नक्कली: प्रहरी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले पड्काएको भनिएको पेस्तोल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज दिउँसो मलंगवा नगरपालिका वडा नम्बर-५ स्थित अञ्जनी कुमारको घरबाट उक्त उपकरण बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बरामद भएको वस्तुको मुचुल्का उठाउने काम भइरहेको बताए । उनले उक्त वस्तु हेर्दै नक्कली रहेको बताउँदै आधिकारिक पुष्टि गर्न काठमाडौंस्थित विधि विज्ञान प्रयोगशाला पठाइने जानकारी दिए । 

डीएसपी राईका अनुसार यो घटना वैशाख ११ गते मलंगवा नगरपालिकाकै बसन्त कुमारकी छोरी कोमल सुप्रियाको विवाहको हल्दी कार्यक्रममा भएको थियो । सामाजिक सञ्जालमा भाइरल भिडिओ फुटेजको आधारमा अञ्जनी कुमारको घरबाट उक्त शंकास्पद वस्तु बरामद गरेको राईले जानकारी दिए । 

यसअघि नेतृ डा. यादवले भाइरल भिडिओलाई लिएर स्पष्टीकरण दिएकी थिइन् । उनले एक वैवाहिक समारोहमा ‘रेन्जर टोय’ नामक खेलौनाबाट फायर गरेको र त्यसलाई अतिरञ्जित गरी सामाजिक सञ्जालमा प्रचार गरिएको बताएकी थिइन् ।

यस विषयमा सप्तरी जिल्ला प्रहरी कार्यालयले डाक्टर डा. यादवसँग पनि सोधपुछ गरिरहेको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

*समाचारको शीर्षक परिवर्तन गरिएको छ । स.

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १५:३७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट