काठमाडौँ । सरकारले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिहरूलाई आपसमा जोड्ने अनलाइन माध्यम सञ्चालनमा ल्याएको छ । बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा एक पोस्ट राख्दै यस विषयमा जानकारी दिएका हुन् ।

यससँगै अब ‘shramsansar.gov.np’ पोर्टलमार्फत प्रविधिको प्रयोग गरी रोजगारदाता र श्रमिकले सोझै एक अर्कासँग सम्पर्क गर्न सक्ने छन् । सरकारले सार्वजनिक गरेको यो नयाँ अनलाइन प्लेटफर्मले श्रमिक र रोजगारदाताबिचको दूरी हटाउने लक्ष्य लिएको उनले उल्लेख गरेका छन् ।
सरकारले यस पोर्टललाई छिट्टै नागरिक एपमा पनि एकीकृत गर्ने बताएको छ । “एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुबै समस्यालाई यसले समाधान गर्नेछ,” प्रधानमन्त्रीले भनेका छन् । रोजगारदाता र कामदार दुवैले यहाँ क्लिक गरेर काम गर्ने श्रमिक तथा कर्मचारी र काम दिने रोजगारदाता खोज्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ ११:१२

सामाग्री श्रोत :
टेक पाना