काठमाडौँ – काठमाडौँमा अहिले वर्षा भइरहेको छ । बिहीबार बिहानैबाट वर्षा भइरहेको हो । बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भएको हो ।

हल्का वर्षा भइरहे पनि काठमाडौँको आकाश धुम्म भइरहेको छ । प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान समेत प्रभावित बनेका छन् । काठमाडौँबाट विभिन्न स्थानमा हुनुपर्ने उडानहरू डिले भएका छन् ।
मौसमविद्ले आगामी दुई दिनसम्म देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बागमतीसँगै कोशी र मधेस प्रदेशका जिल्लाहरूमा बिहानैदेखि पानी परिरहेको छ ।
काठमाडौँ लगायत देशका धेरै क्षेत्रमा मौसम बदली भएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ