२०८२ बैशाख १६ मंगलवार
२०८२ बैशाख १६ मंगलवार

वर्ल्ड आईटी शो २०२५ मा नेपालका ३ आईटी कम्पनी

काठमाडौँ । दक्षिण कोरियाको राजधानी सोलमा भएको ‘वर्ल्ड आईटी शो २०२५’ मा नेपालका तीन आईटी कम्पनीले सहभागिता जनाएका छन् । अप्रिल २४ देखि २६ सम्म सोलको सीओईएक्स कनभेन्सन सेन्टरमा भएको तीन दिने प्रदर्शनीमा जेनेरेटिभ एआई, क्वान्टम कम्प्युटिङ, अन-डिभाइस एआई, डिजिटल स्वास्थ्य, स्मार्ट मोबिलिटी, सिक्सजी जस्ता नयाँ प्रविधि प्रस्तुत गरिएको थियो ।

‘द नेक्स्ट वेभ’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रम कोरियाको विज्ञान तथा आईसीटी मन्त्रालय र के फेयर्स लिमिटेडले आयोजना गरेका हुन् । कार्यक्रममा ४५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रविधि कम्पनीको सहभागिता रहेको थियो भने ७० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।  

नेपालबाट जेनेज सोलुसनका सीईओ अञ्जनी फुयाल, क्विकफक्स कन्सल्टिङका सोना सिंह र पल्लव पराजुली तथा एएमनिल टेक्नोलोजीजबाट अलिशा श्रेष्ठ सहभागी थिए । 

जेनेज सोलुसनका फुयाल युके तथा आयरल्यान्डका लागि एमेज़न वेब सर्भिस (एडब्लूएस) का एम्बासडर पनि हुन् । यस्तो विश्वस्तरीय कार्यक्रममा नेपालको डिजिटल इनोभेसन तथा अन्तर्राष्ट्रिय सहकार्यतर्फको प्रतिबद्धता प्रस्ट देखिएको फुयालले बताए । 

कार्यक्रममा एआई, मेटाभर्स, स्मार्ट सिटी, टेलिकमजस्ता प्रविधि क्षेत्रका छुट्टाछुट्टै जोनहरू राखिएका थिए । साथै, १:१ व्यापारिक भेटघाट, नवप्रवर्तन पुरस्कार तथा अन्य सहायक कार्यक्रमहरू पनि समावेश थिए । 

अप्रिल २५ का दिन नेपाली दूतावास सोल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (न्यास-आईटी) को सहकार्यमा ‘डिजिटल भविष्यका लागि नेपाल–कोरिया सहकार्य’ शीर्षकमा एक उच्चस्तरीय नेटवर्किङ कार्यक्रम पनि आयोजना गरिएको थियो ।

यसले क्लाउड कम्प्युटिङ, डिजिटल रुपान्तरण र नवप्रवर्तनका क्षेत्रमा दुवै देशका व्यावसायिक तथा प्रविधि नेताबिच रणनीतिक साझेदारीको सम्भावनालाई थप बलियो बनाएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १६:३०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट