२०८२ बैशाख १५ सोमबार
LATEST NEWS
२०८२ बैशाख १५ सोमबार

वाईफाई नेपालले ल्यायो मासिक ६५४ रुपैयाँमै डुअल ब्यान्ड राउटर सहित १०० एमबीपीएस इन्टरनेट

काठमाडौँ । इन्टरनेट सेवाप्रदायक वाईफाई नेपाल प्रालिले मासिक ६५४ रुपैयाँ बराबरको लागतमा १०० एमबीपीएस गति भएको नयाँ इन्टरनेट योजना सार्वजनिक गरेको छ ।

हालसम्म ५० एमबीपीएस र ८० एमबीपीएस सेवा प्रदान गर्दै आएको कम्पनीले नयाँ योजना अन्तर्गत डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस फाइबर इन्टरनेट ल्याएको हो । कम्पनीका अनुसार यो योजना घरपरिवार र साना व्यवसायलाई लक्षित गरी डिजाइन गरिएको छ ।

नयाँ योजनाअनुसार २४ महिनाको अवधिका लागि रु. १५,७०७ शुल्क तिर्दा मासिक ६५४ रुपैयाँ पर्नेछ । १२ महिनाको अवधिका लागि भने रु. ९,४६९ शुल्क निर्धारण गरिएको छ, जसमा मासिक ७९० रुपैयाँ पर्न आउँछ । यो मूल्यमा भ्याट समावेश गरिएको र अन्य कुनै अतिरिक्त शुल्क नलाग्ने कम्पनीले स्पष्ट पारेको छ ।

वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुन विजयारले हालसम्म ७० हजार घरधुरीमा आफ्नो इन्टरनेट जडान भएको जानकारी दिए । “हामी नेपाली समाजको बढ्दो डिजिटल आवश्यकता बुझेर उच्च गुणस्तरको फाइबर इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराएका छौं,” उनले भने ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ २१:११





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट