२०८२ बैशाख १६ मंगलवार
LATEST NEWS
२०८२ बैशाख १६ मंगलवार

मेटा दर्ता गर्न सात दिने धम्की दिने प्रवृत्ति सरकारले त्याग्नुपर्छ: असीम शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले सरकारले मेटा दर्ता गर्न सात दिने धम्की दिने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले धम्की त्यागेर दीर्घकालीन सोच र उपाय अघि सार्न ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, “मेटाको फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम नेपाली जनताको सञ्चार, उद्यम र अभिव्यक्तिको आधार बनेको छ ।” नेपाली जनताले अत्यधिक प्रयोग गर्ने भएकाले पनि यसलाई दर्ता गर्न आवश्यक गरेको उनले बताएका हुन् ।

मेटा जस्ता विदेशी कम्पनीले नेपालको कानुन र नीतिलाई मान्नुपर्ने उनको भनाइ छ । उनले भने, “तर, हाम्रा कानुन र नीतिमा केही उल्झन छन् भने त्यसको समाधान नगरि चेतावनी मात्र दिनु लाजमर्दो हुन्छ ।मेटाले अन्य देशहरूमा दर्ता भइरहँदा नेेपालमा किन तर्किरहेको छ? यसको गहिरो छानबिन होस् ।”

मेटासँगको वार्ता नेपालको डिजिटल भविष्यबारे अन्तर्राष्ट्रिय जगत्‌लाई दिने सन्देश भएकाले वार्ताका क्रममा संयम, गम्भीर र धैर्य भएर काम गर्न उनले सरकारलाई सुझाव दिएका छन् ।

यसअघि शुक्रबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटालाई अन्तिम मौका दिइएको बताए । उनले तीन पटक मेटालाई नेपालमा दर्ता गराउन सूचना जारी गरिसकेको भन्दै अब सात दिनको अन्तिम मौका दिने बताएका थिए । 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १४:२६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट