२०८२ बैशाख १३ शनिबार
LATEST NEWS
२०८२ बैशाख १३ शनिबार

कविता : कलम

सामन्तवादी सत्ता जरा हल्लाउँछ कलम
देशको उच्च ओहदामा पुन्याउँछ कलम
नैतिकवान् र बुद्धिजीवी वर्गमा चिनाउँछ कलम
असल नागरिकको परिचय दिलाउँछ कलम ।
मात्र दश रुपैयाँको कलम…।

विकासको पूर्व योजना तयार गर्छ कलम
देश विकासमा योगदान पुन्याउँछ कलम
समाजमा अगुवाई भूमिका खेल्छ कलम
समानताको वातावरण सिर्जना गर्छ कलम ।
मात्र दश रुपैयाँको कलम…।

सिर्जना र कलम हेर दुबै मिलेमा
पुर्‍याउँछ यसले सहजै गन्तव्यमा
बालकदेखि बृद्ध सम्मका हातमा
सुहाउँछ कलम हेर सबका साथमा ।
मात्र दश रुपैयाँको कलम…।

समतामूलक नारा लगाउँछ कलम
अन्यायको विरुद्ध लड्न सिकाउँछ कलम
पहुँच पुगेँ, नपुगेकाको बिचबाट बोल्दै
विचारलाई साझा गर्न सिकाउँछ कलम ।
मात्र दस रुपैयाँको कलम …।

घुसखोरी र भ्रष्टाचारको विरुद्धमा बोल्दै
शक्तिशाली, धनाड्यका पोलसबै खोल्दै
बारम्बार प्रश्नहरु लेखिरहन्छ कलम
पिडकलाई मौन बस्न बाध्य पार्छ कलम ।
मात्र दश रुपैयाँको कलम ….।

कलमको महत्व बुझेँ फाइदा सबलाई हुन्छ
फरक-फरक प्रतिभाले सबको मन छुन्छ
उच्च शिक्षा अध्ययनमा साथ दिन्छ कलम
सबै पेशाको सम्मान गर्न सिकाउँछ कलम ।
मात्र दस रुपैयाँको कलम…।

गैंडाकोट ४, नवलपुर

 

 


सामाग्री श्रोत :

कविता : कलम

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट