२०८२ असार २४ मंगलवार
२०८२ असार २४ मंगलवार

काठमाडौं– ललितपुर सिटी फुटबल क्लव दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन भएको छ ।

एनएसएलको तेस्रो संस्करणको आज भएको फाइनलमा पोखरा थन्डर्स फुटबल क्लवलाई २-१ गोलले पराजित गर्दै ललितपुरले उपाधि रक्षा गरेको हो ।

Ncell 2
Ncell 2

दशरथ रंशगालामा भएको खेलमा लिगदेखि अपराजित ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत सुनिश्चित गर्‍यो ।

shivam cement
shivam cement

ललितपुरका लागि खेलको ४२औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ६३औं मिनेटमा पोखराका सुदील राईले गोल गर्दै टोलीलाई बराबरी गोल फर्काएका थिए । खेलको ७४औं मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई उपाधि दिलाए ।

दाेस्राे पटक विजेता बनेकाे ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेता पाेखराले भने ३० लाख रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउनेछ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काभ्रेपलाञ्चोक। यहाँस्थित अवैध रूपमा सञ्चालित सातवटा खानी तथा क्रसर उद्योग बन्द गराइएको छ। दुई स्थानीय तहले आफ्नो क्षेत्रमा अवैध रूपमा सञ्चालित खानी तथा क्रसरको अनुगमन गरी बन्द गराएका हुन्।

बेथानचोक गाउँपालिकाले अनुगमनपश्चात् एक सूचनामार्फत वडा नं ४ र ५ का विभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेका चार खानी तथा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिँदै कारबाही प्रक्रियासमेत अघि बढाएको जनाएको छ।

शुक्रबार गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमिल्सिना नेतृत्वको अध्यया समितिले बेथानचोक–५ स्थित चण्डेश्वरी बालुवा उद्योग, लड्केश्वर ढुङ्गा तथा स्टोन उद्योग, खाल्टे स्टोन ढुङ्गा खानी र वडा नं ४ स्थित आरएस चलाल इन्डस्ट्रिज प्रालि बन्द गराउन निर्देशन दिएको हो।

जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार उक्त गाउँपालिकाका प्रतिनिधिसहित समितिले स्थलगत निरीक्षण गरी यही बुधबार बन्दको सिफारिस गरेपछि ती खानी तथा उद्योगलाई बन्द गर्न निर्देशन दिइएको तिमिल्सिनाले जानकारी दिए।

यसअघि गत फागुन अन्तिम साता पनौती नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित तीन खानी तथा क्रसर उद्योग बन्द गराएको थियो। नगरको वडा नं २ र १२ मा मापदण्ड विपरीत नवीकरण नगरी सञ्चालन भएका तीन खानी तथा क्रसर उद्योग बन्द गराइएको थियो।

वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रालि, १२ नं वडाको भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि र दीपलक्ष्मी एग्रिगेट एन्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्मका बन्द गरिएको थियो। नगरले खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अवधि समाप्त भइसकेको र पटकपटक ताकेता गर्दासमेत बिनाइजाजत सञ्चालन गरेको देखिएकाले अर्को निर्णय र आदेश नभएसम्मका लागि ती उद्योग बन्द गराएको जनाएको छ।

गत असोज दोस्रो साताको बाढीपहिरोपछि खोलाको बहावले धार परिवर्तन गरेको, बस्ती जोखिममा परेको, वरिपरिका भूभागसमेत भत्किएको र बगाएको तथा पहिरो गएको, डस्ट (धुलो) र गेग्य्रानले खोलाको सतह बढेको उल्लेख गर्दै हालको अवस्थामा बस्ती, खानी, खोला वन क्षेत्र भौगर्भिक अवस्थालगायत सरोकार राख्ने सबै पक्षमा गम्भीर एवं विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अध्ययनका लागि समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समेत अनुरोध गरेको छ।

विशेषगरी बाढी प्रभावित रहेका स्थानीय तह पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बढी क्रसर तथा खानी छन्। विपद्अघि जिल्लाका १३ स्थानीय तहमध्ये पनौतीमा १४, रोशीमा पाँच, नमोबुद्ध र भुम्लुमा चार, बेथानचोकमा तीन, मण्डनमा दुई, बनेपा, तेमाल र चौरीमा एकरएक खानी तथा क्रसर सञ्चालनमा छन्।


सामाग्री श्रोत :

काभ्रेमा सात खानीक्रसर उद्योग बन्द

काठमाडौँ । अहिले बजारमा आईफोन १६ सिरिज र त्यसअगाडि सार्वजनिक भएका अन्य मोडेल उपलब्ध छन् । यदि तपाईं आईफोन १६ खरिद गर्ने वा १७ पर्खिने भन्ने दोधारमा हुनुहुन्छ भने यो सामग्री तपाईंका लागि उपयुक्त हुन सक्छ ।

यहाँ आईफोन १७ सिरिजका बारेमा बजारमा चलेका हल्ला (र्‍युमर्स) र सम्भावित फिचरको चर्चा गरिएको छ । आईफोन १७ सिरिज सन् २०२५ को मध्य सेप्टेम्बरतिर सार्वजनिक हुने अपेक्षा छ ।

१. नयाँ ‘आईफोन १७ एयर’ मोडेल

द इन्फर्मेसनको रिपोर्टअनुसार एप्पलले ‘निकै पातलो’ डिजाइनसहितको नयाँ आईफोन १७ मोडेल ल्याउने योजना बनाएको छ । त्यसलाई कम्पनीले ‘आईफोन १७ एयर’ नाम दिने चर्चा छ । एप्पल विश्लेषक मिङ-ची कुओका अनुसार यो मोडेल अन्य आईफोनभन्दा भिन्न डिजाइनको हुनेछ । खासगरी यसको पछाडिपट्टिको क्यामेराको भाग ठाडो नभएर तेर्सो हुनेछ । त्यस्तै यसमा अन्य आईफोन मोडेलभन्दा सानो डाइनामिक आइल्यान्ड हुनेछ ।

कुओका अनुसार यो ५.५ एमएम पातलो हुनेछ र यसले हालको ‘प्लस’ मोडेललाई प्रतिस्थापन गर्ने सम्भावना छ । अर्थात् आईफोन १७ प्लस नभई उक्त मोडेलको नाम आईफोन १७ एयर हुनेछ । यसमा ६.६ इन्चको डिस्प्ले, एल्युमिनियम चेसिस, ए१९ चिप, सी वान मोडेम, एक्सन बटन, क्यामेरा कन्ट्रोल बटन र २४ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुने हल्ला छ ।

२. एल्युमिनियम डिजाइन (सबै मोडेलमा)

विभिन्न रिपोर्टअनुसार एप्पलले आईफोन १७ लाइनअपका सबै मोडेलमा एल्युमिनियम फ्रेम प्रयोग गर्ने योजना बनाएको छ । यसले प्रिमियम प्रो मोडेलमा पनि एल्युमिनियम फ्रेम उपलब्ध गराउनेछ । पछिल्ला वर्षहरूमा एप्पलले आईफोन एसईजस्ता लोअर एन्ड फोनमा मात्र एल्युमिनियम फ्रेम उपलब्ध गराउँदै आएको थियो । प्रिमियम मोडेलमा कम्पनीले आईफोन १५ प्रोसम्म स्टेनलेस स्टिल फ्रेम प्रयोग गर्दै आइरहेको थियो । पछि कम्पनीले टाइटानियम चेसिसको सुरुवात गर्‍यो । अब भने आईफोन १७ सिरिजका सबै मोडेलमा एल्युमिनियम फ्रेम हुने बताइएको छ ।

३. क्यामेरा डिजाइनमा परिवर्तन (प्रो र प्रो म्याक्स)

आईफोन १७ प्रो मोडेलमा क्यामेरा मोड्युलमा ठूलो परिवर्तन देखिनेछ । हालको वर्गाकार क्यामेरा बम्पको सट्टा फोनको चौडाइभरि फैलिएको एल्युमिनियम क्यामेरा बार हुनेछ । पछाडिको माथिल्लो आधा भाग एल्युमिनियम र तल्लो आधा भाग वायरलेस चार्जिङका लागि ग्लास नै रहने बताइएको छ । यो नयाँ क्यामेरा डिजाइन आईफोन १७ को बेस मोडेलमा उपलब्ध हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन ।

४. नयाँ डिस्प्ले साइज (आईफोन १७ र १७ एयर)

गत वर्ष आईफोन १६ प्रो र १६ प्रो म्याक्समा ठूलो डिस्प्ले साइज देखिएको थियो । आईफोन १५ को प्रोमा ६.१२ इन्चको डिस्प्ले थियो भने आईफोन १६ को त्यही मोडेलमा ६.२७ इन्च थियो । त्यस्तै आईफोन १५ प्रो म्याक्समा ६.६९ इन्चको डिस्प्ले थियो भने १६ प्रो म्याक्समा बढाएर ६.८६ इन्च पुर्‍याइएको थियो । २०२५ मा सार्वजनिक हुने आईफोन १७ मा पनि यही प्रवृत्तिलाई कम्पनीले निरन्तरता दिने देखिएको छ ।

५. १२० हर्ज प्रोमोशन डिस्प्ले (सबै मोडेलमा)

सन् २०२५ मा एप्पलले सबै आईफोन १७ मोडेलमा १२० हर्ज रिफ्रेस रेटसहितको प्रोमोशन डिस्प्ले ल्याउने चर्चा छ । यसले गर्दा आईफोन १७ का सबै मोडेलमा स्मुथ स्क्रोलिङ र स्तरीय क्वालिटीमा भिडिओ कन्टेन्ट हेर्न सकिनेछ । यो डिस्प्ले भएपछि फोनमा अल्वेज अन डिस्प्ले (Always-on Display) फिचर पनि उपलब्ध हुनेछ । अल्वेज अन डिस्प्लेले कमभन्दा कम रिफ्रेस रेट प्रयोग गरेर लक स्क्रिन, नोटिफिकेसन र वालपेपर देखाउँछ ।

६. एप्पलले डिजाइन गरेको वाई-फाई ७ चिप (प्रो र प्रो म्याक्स)

एप्पलको प्रिमियम आईफोन १७ प्रो मोडेलमा पहिलो पटक एप्पलले नै डिजाइन गरेको वाई-फाई ७ चिप प्रयोग हुने अपेक्षा छ । यसले २.४ गिगाहर्ज, ५ गिगाहर्ज, ६ गिगाहर्ज ब्यान्डबाट एकैसाथ डेटा पठाउने र पाउने भएकाले वाई-फाई स्पिड फास्ट हुनेछ भने कम ल्याटेन्सी र थप विश्वसनीय कनेक्टिभिटीको अनुभव गर्न पाइनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ २३:१४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । 

शनिबार शनिबार साँझ काठमाडौंबाट पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई भोलि (आइतबार) काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएको छ ।

उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । तर, उनलाई पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार साँझ कपनस्थित घरबाटै पक्राउ गरेको हो ।

Ncell 2
Ncell 2

प्रहरी स्रोतका अनुसार, राईलाई पनि भोलि नै अदालत उपस्थित गराउने तयारी छ । रकम अपचलनमा मुद्दा चलाउन सिफारिस भइसकेकोले आइतबार नै अदालत उपस्थित गराउन लागिएको हो ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

shivam cement
shivam cement

स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेको आरोप लागेको छ । उनी आर्थिक वर्ष २०७३र०७४ र आर्थिक वर्ष २०७४र०७५ देखि २०७५र०७६ सम्म उक्त सहकारीको सञ्चालक समितिमा थिइन् ।

सहकारीको रकम हिनामिनाका सम्बन्धमा प्रहरीले विभिन्न व्यक्तिविरुद्ध गत पुसमै जिल्ला अदालतमा मुद्दा लगेको थियो । प्रहरीको थप अनुसन्धान पनि चलिरहेको छ । सहकारीको रकम हिनामिनामा संलग्नमाथि अनुसन्धान सुरु भएदेखि सांसद राई सार्वजनिक कार्यक्रममा देखिएकी थिइनन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

दाङ। तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको आज मृत्यु भएको छ। तुलसीपुर–७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

पाँच दिनअघि मृत्यु भएका पति नारायणप्रसाद आचार्यको किरियामा बसेकी शर्मा आज बिहान अचानक बिरामी भएपछि उपचारका लागि राप्ती लाइफ केयर अस्पताल मोतिपुर लगिएको थियो। उपचारका क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

श्रीमान्को निधनको आज छैटौँ दिनमा उनको निधन भएपछि परिवार, आफन्त तथा स्थानीय शोकमा डुबेका छन्। शर्मा नेपाल रेडक्रसका केन्द्रीय सदस्य तथा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध थिइन्। उनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको अस्पताल स्रोतले जनाएको छ।


सामाग्री श्रोत :

श्रीमान्को किरिया बसेकी महिलाको मृत्यु

काठमाडौं– नेकपा एमालेले विद्यालय शिक्षा र संघीय निजामतीलगायतका विधेयक छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउन पहलकदमी लिने भएको छ ।

एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा, संघीय निजामतीलगायत अन्य विचाराधीन विधेयकहरुलाई गुणस्तरीय कानून बनाउने गरी छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउन संसदीय दल र सदस्यहरुले प्रभावकारी पहलकदमी लिने निर्णय गरेको हो ।

यी हुन् निर्णयहरु

Ncell 2
Ncell 2

१) संसदीय काम र जिम्मेवारीलाई मुख्य प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ सम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट दलका सम्पूर्ण सदस्यहरुलाई निर्देशन ।

२) मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताप्रति सदैव चनाखो रहँदै जनसरोकार र राष्ट्रिय महत्त्वका नीति, योजना र विषयहरुलाई संसदमार्फत सशक्त ढंगले उठान गर्ने ।

shivam cement
shivam cement

३) संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, संघीय निजामती विधेयकलगायत र अन्य विचाराधीन विधेयकहरुलाई गुणस्तरीय कानून बनाउने गरी छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउन नेकपा एमाले संसदीय दल र सदस्यहरुले प्रभावकारी पहलकदमी लिने ।

४) संसदमा हुनसक्ने संसदीय मूल्य मान्यता, संस्कृति र नियमावलीविपरीत सत्यलाई असत्यले छोप्ने प्रवृत्ति र क्रियाकलापहरुको विपक्षमा सदैव उभिँदै संसदलाई स्वच्छ, मर्यादित र सिर्जनशील तथा रचनात्मक बहसको थलोको रुपमा स्थापित गर्दै अगाडि बढाउन जीवन्त भूमिका निर्वाह गर्ने ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा कांग्रेस सांसद माया राई पक्राउ परेकी छिन्।

शनिबार साँझ कपनस्थित डेराबाट उनलाई अपराध अनुसन्धानको कार्यालयले पक्राउ गरेको हो। कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा उनी फरार रहेकी थिइन्।

लामो समयदेखि फरार उनीमाथि सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।


सामाग्री श्रोत :

कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ । कुनै समय युरोप-अमेरिकाका बजारमा समेत चर्चा पाएको नेपाली मोबाइल एप​ पिकोभिकोले नयाँ अवतारमा पुनरागमन गर्ने भएको छ । फोटो टु भिडिओ मेकरको आफ्नो पुरानो परिचयलाई बदलेर पिकोभिको क्लाउडमा आधारित थिएटर म्यानेजमेन्ट सिस्टमको रूपमा प्रस्तुत हुन लागेको हो ।

टेकपानालाई प्राप्त जानकारी अनुसार पिकोभिकोको थिएटर म्यानेजमेन्ट सिस्टम नेपालसँगै बंगलादेश, कम्बोडिया र इन्डोनेसियामा उपलब्ध हुनेछ । यो प्लेटफर्मबाट सिनेमा हलका विविध कार्य स्वचालित रूपमा सञ्चालन हुने बताइएको छ ।

यस सिस्टमले सिनेमा हल र कम्पनीहरूलाई टिकट बिक्री, स्क्यानिङ, कन्सेसन व्यवस्थापन, सिट व्यवस्थापन, शो तालिका व्यवस्थापन, एकीकृत भुक्तानी प्रणाली, पार्किङ व्यवस्थापन, सदस्यता तथा लोयल्टी कार्यक्रम, मोबाइल एप र विस्तृत विश्लेषण ड्यासबोर्डजस्ता सेवा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । 

अबको एक महिनाभित्र औपचारिक रुपमा यो उत्पादन बजारमा ल्याउने कम्पनीको तयारी छ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ १९:५४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत परवाह नगरी काम गरेको बताएका छन्।

नेपाल रिपब्लिक मिडियाले आज यहाँ आयोजना गरेको १६औं नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जसरी लोकतन्त्रबिना स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिता सम्भव छैन त्यसरी नै स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताए।

राष्ट्रपति पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै केही भइरहेको छ भन्ने बाटोमा डोहोर्‍याउन आवश्यक रहेको बताए।

‘पत्रकारिता क्षेत्रको काम भनेको केही भएन मात्र भन्ने होइन, केही भइरहेको छ भन्ने देखाइदिने पनि हो । यसरी काम गर्न सकिन्छ भनेर उदाहरण दिने पनि हो । यो कार्यक्रम त्यसैतर्फ केन्द्रित रहेकामा मलाई खुसी लागेको छ,’ उनले भने।  

राष्ट्रपति पौडेलले वर्तमान समयमा लोकप्रियतावाद हाबी भएको भन्दै प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा नहुने धारणा राखे।

Ncell 2
Ncell 2

यसकारण सजग प्रेसले सदैव सही, सत्य सूचना प्रवाह गरेर लोकतन्त्रका नागरिकको आलोचनात्मक चेतलाई विस्तारित गर्न सक्ने उनले विश्वास व्यक्त गरे।

बिपी कोइरालाले आफू प्रधानमन्त्री भएका बेला तत्कालीन अवस्थामा पत्रकारलाई बोलाएर पत्रिका निकाल्न र सरकारको निरन्तर खबरदारी गर्न गरेको आग्रह स्मरण गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रसँग स्वतन्त्र प्रेसको यही अन्योन्याश्रित सम्बन्धका कारण विपीले सो आग्रह गरेको बताए।

नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको योगदानलाई कसैले कम आँक्न नसक्ने उनको भनाइ थियो। 

shivam cement
shivam cement

राष्ट्रपति पौडेलले सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन आएको उल्लेख गर्दै प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएका कारण नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको बताए।

प्रविधिको दुरुपयोग गरेर भ्रम छर्ने, मिथ्या एवं संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएकामा उनले जोड दिए।  

कार्यक्रममा कैलालीकी वन संरक्षक अभियानकर्मी नन्दादेवी कुँवर, रुपन्देहीका शिक्षासेवी घनश्याम पाठक र महोत्तरीकी क्रिकेट खेलाडी पूजा महत्तोलाई नागरिक सम्मान २०८२ बाट सम्मानित गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाल सुपर लिगको तेस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ।

शनिबार भएको फाइनल खेलमा पोखरा थण्डर्सलाई २–१ गोलले पराजित गर्दै ललितपुर दोस्रो पटक एनएसएल च्याम्पियन बनेको हो।

दशरथ रंशगालामा भएको खेलमा ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो। दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत निकाल्यो।

ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे। पोखराका लागि सुदिल राईले एक गोल फर्काए।


सामाग्री श्रोत :

ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट