२०८२ बैशाख १३ शनिबार
२०८२ बैशाख १३ शनिबार

साइबर सुरक्षा कम्पनी ग्रीन टिक नेपालले पायो अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रमाणपत्र

काठमाडौँ । साइबर सुरक्षा क्षेत्रमा क्रियाशील कम्पनी ग्रीन टिक नेपाल प्रालिले डेटा सुरक्षामा विश्वसनीय मानिने एसओसी टु टाइप टु (SOC 2 TYPE II) सर्टिफिकेट प्राप्त गरेको छ । अमेरिकन इन्स्टिच्युट अफ सीपीएले तय गरिएको एसओसी टु मापदण्डअनुसार ग्रीन टिकले यो सर्टिफिकेट पाएको हो ।

एसओसी टु टाइप टु सर्टिफिकेटले ग्राहकको डेटा सुरक्षाका लागि अपनाइएका उपायहरू निरन्तर र प्रभावकारी रूपमा लागु भएको पुष्टि गरेको कम्पनीले जनाएको छ । उक्त सर्टिफिकेट प्राप्त गर्न कम्पनीका सुरक्षासम्बन्धी उपायहरू तीनदेखि १२ महिनासम्म गहिरो मूल्याङ्कन गरिन्छ ।

एसओसी टु टाइप टु सर्टिफिकेसन पाएपछि ग्रीन टिक नेपालका प्रमुख सबिन थापाले भने, “सुरक्षा कुनै एउटा फिचर होइन, यो हाम्रो आधार हो । यो प्रक्रियामार्फत हामीले आफ्ना कामलाई अझ सुधार्न, परीक्षण गर्न र ग्राहकको विश्वास जित्न सफल भएका छौं ।”

एक दशकभन्दा बढी समयदेखि यो कम्पनीले विभिन्न क्षेत्रका संस्थाहरुलाई साइबर सुरक्षा तथा परामर्श सेवा दिँदै आएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ १७:३४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट