२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

गर्मीमा छालाको स्याहारका लागि कस्तो हुनुपर्छ मर्निङ रुटिन

गर्मीमा छालाको सुरक्षा कसरी गर्ने भन्नेमा सबैको चासो र चिन्ता रहन्छ। गर्मीमा छालामा बढी पसिना आउने तथा धुँवाधुलोले छालालाई असर गरिरहेको हुन्छ। गर्मीमा चिल्लोपना बढी हुने गर्छ। गर्मीमा छालामा बढी फोहोर हुने भएकोले जाडोको तुलनामा बढी छालालाई स्याहार आवश्यक पर्ने गर्छ। 

छालाको स्याहारका लागि मर्निङ रुटिन 
गर्मीमा सनक्रिमको छनोट गर्दा विशेष ध्यान दिनुपर्छ। घाम तथा गर्मीको असर धेरै हुँदा गर्मीमा सनक्रिम बढी लगाउनुपर्छ। त्यस्तै मोबाइल तथा कम्युटर लाइटमा काम गर्नेहरुलाई पनि सनक्रिमको प्रयोग झनै बढी आवश्यक हुन्छ। यतिबेला च्यापच्याप हुने खालको क्रिमको प्रयोग गर्नु राम्रो मानिदैन।

चिल्लो छाला छ भने जेल र सुख्खा छ भने लोसन बेसको सनक्रिमको प्रयोग राम्रो मानिन्छ। प्राय: ननड्राई फेसवासको प्रयोग राम्रो मानिन्छ। चिल्लो छालामा नन ड्राई फेसवासको प्रयोग राम्रो मानिन्छ। सुख्खा छालामा ओएल बेस फेसवासको प्रयोग गर्नुपर्ने हुन्छ। त्यस्तै गर्भवती तथा संवेदनशील छाला भएकाहरुले मिन्नरल बेस सनक्रिमको प्रयोग गर्नु राम्रो मानिन्छ। 

फेसवासका साथै मोस्चराइजर पनि गर्मीमा महिनामा छालाको प्रकृतिअनुसार भिन्नै नै हुन्छ। चिल्लो छाला हुनेहरुले जेल बेस मोस्चराइजरको प्रयोग गर्नुपर्छ।त्यस्तै सुख्खा छालाका लागि लोसन बेस मोस्चराइजरको प्रयोग गर्नुपर्छ। प्राय साँझमा छालाको प्रकृतिअनुसारको फेसवासको प्रयोगले मुख धुनु अनिवार्य नै हुन्छ। 

गर्मीमा छालामा हुने मुख्य समस्या 
गर्मीमा छालामा हुने मुख्य समस्यालाई ३ प्रकारमा वर्गीकरण गरिन्छ। संक्रमणका कारण हुने समस्या ब्याक्टेरिया,पाक्ने पिलो आउने, ढाड तथा गालामा डन्डीफोर बढ्ने रोग। 

फंगस जसलाई छालाको ढुसी पनि भनिन्छ। गोडाको काप,पैतालामा,तथा शरीरको च्याप च्यापमा यस्तो हुन्छ । बाफिएर पसिना धेरै आएर तथा गुम्सिएर यस्तो हुन्छ । जसलाई फंगल इन्फेक्सन पनि भनिन्छ। भाइरसका हुने समस्या मौसम परिवर्तनसँगै विभिन्न रोगहरु दादुरा,ठेउला लगायतका रोग । 

कटनको हावा छिर्ने कपडाको प्रयोग 
गगर्मीमा यौनांग तथा गोडाको काँपकाँपमा फंगल इन्फेक्सन बढ्दै जान्छ। त्यसकारण कटनको हावा छिर्ने खालका कपडाहरुको प्रयोग गर्नुपर्ने हुन्छ। गर्मीमा नुहाउदा धेरै तातो पानीको प्रयोग गर्नुहुँदैन । नुहाइसकेपछि लोसनको प्रयोग गर्नुपर्छ। कपालमा हेयर ट्रिटमेन्टको प्रयोग राम्रो हुन्छ। दीर्घरोग लागेका बिरामीहरुमा कपााल झर्ने समस्या बढी हुनसक्छ । त्यस्तो समस्या भएकाहरुले कपालको स्याहारका लागि भिटामिन तथा सिरमहरुको प्रयोग गर्नुपर्छ। 

गर्मीमा छालाको समस्याबाट कसरी जोगिने ?

खानामा भिटामिन सी, र भिटामिन ई प्रयोग गर्ने । 

अम्लीय फलपुल तथा खानेकुराको प्रयोग गर्ने । 

व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने । 

सकेसम्म अरुले प्रयोग गरेका कपडा नलगाउने । 

छालामा केही समस्या भए चिकित्सकको सल्लाहमा काम गर्ने ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट