काठमाडौँ । अनलाइन शपिङ प्लेटफर्म दराज नेपालले ‘च्वाइस’ नामको नयाँ सेक्सन थप्ने भएको छ । ग्राहकले सिधै उत्पादकबाट छानिएका हजारौं राम्रा सामान सुपथ मूल्यमा किन्न सक्नेगरी दराजले आफ्नो प्लेटफर्ममा यो सेक्सन थप गर्न लागेको हो ।

‘च्वाइस’ सेक्सनमा सामानको मूल्य १३० रुपैयाँबाट सुरु हुने र किन्दा विशेष छुट पनि पाइने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार सामान किन्दा धेरैथोक एकैपटक एउटै कार्टमा राखेर किन्न मिल्नेछ । साथै, सामान एकदेखि तीन दिनभित्र आइपुग्नेछ ।
तीन वा त्योभन्दा बढी सामान किन्दा डेलिभरी शुल्क नलाग्ने र चार वा त्योभन्दा बढी सामान किन्ने ग्राहकले स्टक अनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकतामा निःशुल्क उपहार पाउने कम्पनीले जनाएको छ ।
यसमा ग्राहकले १४ दिनभित्र सजिलै सामान फिर्ता गर्न, ‘लाइटनिङ डिल्स’, ‘अर्ली बर्ड अफर’, ‘फ्ल्याश सेल्स’ जस्ता अफर पनि पाउने बताइएको छ ।

दराजले भोलि अर्थात् २५ अप्रिलदेखि २९ अप्रिलसम्म चल्ने ‘पे डे सेल’ सँगै यो ‘च्वाइस’ सेक्सन सुरु गर्दैछ । यसमा ग्राहकले किराना सामान, घरका सामान, व्यक्तिगत स्याहारका सामान, आमा र बच्चाका सामान, स्वास्थ्य र सौन्दर्यका सामान लगायत धेरै प्रकारका सामान किन्न सक्नेछन् ।
दराज एपमा होमपेज र ‘च्वाइस’ सर्च फिल्टरबाट सजिलै यो सेक्सनमा पुगेर सामान किन्न सकिने कम्पनीले जनाएको छ।
दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, “हामीले ग्राहकहरूको राम्रो किनमेल अनुभवको चाहनालाई ध्यानमा राखेर ‘च्वाइस’ अप्शन ल्याएका हौं। राम्रो सामान उचित मूल्यमा, छिटो र निःशुल्क डेलिभरीसहित उपलब्ध गराएर दराजले ग्राहकलाई गरेको वाचा पूरा गर्न लागेको छ ।”
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १६:५४
सामाग्री श्रोत :
टेक पाना