२०८२ बैशाख ११ बिहीबार
LATEST NEWS
२०८२ बैशाख ११ बिहीबार

नागरिक एपमा अब निजी क्षेत्रका सेवा पनि समेटिने, यस्तो छ नयाँ व्यवस्था

काठमाडौँ । नागरिक एपमा निजी क्षेत्रका सेवा समेत समावेश गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ जारी गर्दै यस्तो व्यवस्था थप गरेको हो । 

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ बमोजिम तयार पारिएको यस दिग्दर्शनमार्फत नागरिक एपलाई सार्वजनिक निकायसँग मात्र नभई निजी सेवा प्रदायकसँग पनि अन्तरआवद्ध गर्ने व्यवस्था गरिएको छ । योसँगै निजी क्षेत्रले प्रदान गर्ने सार्वजनिक प्रकृतिका सेवा पनि अब नागरिक एपबाट प्राप्त गर्न सकिनेछ ।

दिग्दर्शन अनुसार नेपाल सरकार, संवैधानिक निकाय, प्रदेश सरकार, स्थानीय तह र सरकारी स्वामित्वका प्रतिष्ठानसँगै निजी क्षेत्रका संस्थाहरूले आफ्ना सेवा नागरिक एपमा समावेश गर्न सक्नेछन् । त्यसका लागि सम्बन्धित निकायले सूचना प्रविधि विभागमा अनुरोध गर्नुपर्नेछ । विभागको सिफारिसमा प्राविधिक समितिको सुझाव लिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृति दिनेछ ।

स्वीकृति पाएका निजी निकायहरूलाई नागरिक एपसँग अन्तरआवद्धता कायम गरिने उल्लेख छ । सेवा सुरक्षासम्बन्धी मापदण्ड, तथ्यांकको गोपनीयता, कानुनको पालना जस्ता सन्दर्भ उल्लेख गरेर निजी कम्पनीले अनुरोध गर्नुपर्ने छ ।

नागरिक एप प्रयोग गर्न प्रयोगकर्ताले आफ्नै नाममा रहेको सिम प्रयोग गरी युजर आईडी लिनुपर्नेछ । एपमा दर्ताका लागि ‘वन टाइम पासवर्ड’ (ओटीपी) को व्यवस्था गरिएको छ । यसबाट पहिचान प्रमाणित गरिनेछ । सिममा प्राप्त ओटीपी सही रूपमा प्रविष्ट गरेपछि नागरिकता, नाम र जन्ममिति प्रविष्ट गरी प्रक्रिया पूरा गर्न सकिनेछ । एप प्रणालीले यो विवरण टेलिकम सेवा प्रदायकको केवाईसी विवरणसँग मिलाएर प्रमाणित गर्ने दिग्दर्शमा उल्लेख छ ।

यदि प्रमाणित नभएमा आवेदकलाई कारणसहित एसएमएसमार्फत जानकारी दिइनेछ भने सही विवरण भएमा दर्ता प्रक्रिया सम्पन्न भई सेवाहरूमा पहुँच सुनिश्चित गरिने व्यवस्था मिलाइएको छ ।

दिग्दर्शनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सेवा प्रदायक निकायसँग समन्वय गर्ने, निजी सेवालाई पनि एपमा समावेश गर्न स्वीकृति दिने तथा सञ्चालन र व्यवस्थापनका लागि आवश्यक निर्देशन दिने जिम्मेवारी तोकिएको छ । साथै, वर्षको कम्तीमा एक पटक एपको व्यवस्थापन र सेवा सुधार सम्बन्धी मूल्यांकन गरिने व्यवस्था पनि दिग्दर्शनमा उल्लेख छ ।

यस्तो छ नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १५:२१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट