२०८२ बैशाख ११ बिहीबार
२०८२ बैशाख ११ बिहीबार

दैलेख गुराँसमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौँ । दैलेख जिल्लाको गुराँस गाउँपालिकामा नेपाल टेलिकमले पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश अन्तर्गतको यो दुर्गम क्षेत्रमा टेलिकमले वैशाख ८ गतेदेखि मोबाइल सेवा सुरु गरेको हो । 

यसअन्तर्गत गुराँस गाउँपालिका वडा नं. ३, ४ र ५ अन्तर्गतका गुराँस बजार, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला लगायतका गाउँहरू, वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ अन्तर्गतको बयलकाँडा र बराहताल गाउँपालिका वडा नं. ९ अन्तर्गतको लेकगाउँ जस्ता क्षेत्रमा फोरजी सेवा प्रयोग गर्न सकिने छ । 

यस सेवा सञ्चालनसँगै स्थानीय बासिन्दाले पहिलो पटक उच्च गतिको इन्टरनेट तथा गुणस्तरीय मोबाइल सेवाको अनुभव लिन पाएको कम्पनीको भनाइ छ । 

सेवा विस्तारले दैनिकीमा डिजिटल पहुँच, शिक्षा, स्वास्थ्य तथा सूचना प्रवाहमा नयाँ सम्भावना थपेको नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक कमल लामिछानेले जानकारी दिए । उनका अनुसार नेपाल टेलिकमले दूरदराजका क्षेत्रमा दूरसञ्चार सेवा पुराउने कार्यलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १३:३२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट