२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर भारत फर्किए मोदी

काठमाडौं – २६ जनाको ज्यान जाने गरी जम्मु काश्मीरमा भएको आतङ्कवादी हमला पछि साउदी अरेबियाको भ्रमण छोट्याएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कीएका छन् । उनी भर्खरै नयाँ दिल्ली विमानस्थलमा अवतरण गरेको भारतिय सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् । 

घटनालाई लिएर भारत र संसारभर नेताहरूले दुःख व्यक्त गरिरहेका छन् बेलायती प्रधानमन्त्री केइर स्टरमरले घटनामा ज्यान गुमाउनेमा समवेदना व्यक्त गरेका छन् ।

Ncell 2
Ncell 2

काश्मीरमा मुख्य मन्त्री ओमार अब्दुल्लाहले सो घटनालाई अमानवीय र पाशविक भनेका छन् । पर्यटकीय क्षेत्रमा भएको सो हमलामा मर्नेहरूको विवरण आउने क्रम सुरु भएको छ ।

shivam cement
shivam cement

कति जनाले त पारिवारिक भ्रमणमा गएको समयमा नै आफन्त गुमाएका छन् । ओढीषाका प्रशान्त कुमार साम्पाथी बिदा मनाउन श्रीमती र बच्चासहित कश्मीर पुगेका थिए। उनको टाउकोमा नै गोली लागेको उनकी श्रीमती प्रियदर्शनीले बताएकी छिन् ।

पालङघमको सो घटनापछि मंगलबार नै मैनबत्ती बालेर दिवङ्गतलाई शोक व्यक्त गरिएको छ । मन्दिरमा जानेसमेत डराइरहेका छन् । घटनामा परी नेपाल एक युवाले समेत ज्यान गुमाएका छन् । नेपालको बुटवल घर भएका सुदीप न्योपानेको ज्यान गएको पुष्टी भएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट