२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

हेड तथा स्पाइनल इन्जुरीमा सरकारको एक लाख सहुलियत विराटनगरको आर्या हस्पिटलबाट पनि पाइने 

विराटनगर- आर्या न्यूरो हस्पिटलमा टाउको तथा मेरुदण्डमा  चोटपटक लागेका बिरामीहरूले अब एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा पाउने भएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालन निर्देशिका २०८०’ अन्तर्गत यो सेवा उपलब्ध गराइने भएको हो। अस्पतालका निर्देशक दिनेश ठाकुरले यो सेवाको आरम्भ भएको जानकारी दिँदै भने, ‘कुनै पनि व्यक्ति अचानक दुर्घटनामा परी टाउको वा मेरुदण्डको समस्या भएमा, रुखबाट खसेर वा अन्य कुनै कारणले चोटपटक लागि घाइते भएमा उपचारमा एक लाखसम्मको खर्च सरकारले व्यहोर्नेछ।’ यो सेवा प्राप्त गर्न निर्देशिकाले तोअनुसारका आवश्यक कागजातहरू भने पेश गर्नुपर्नेछ। चिकित्सकद्वारा ओपीडी वा आकस्मिक विभागमा बिरामीको जाँच गरी लेखिएको पुर्जा, बिरामीको बसोवास भएको गाउँपालिका वा नगरपालिकाद्वारा विपन्नताको सिफारिस र बिरामीको नागरिकताको प्रतिलिपि आवश्यक पर्ने ठाकुरको भनाइ छ। यो सेवा विशेषगरी आर्थिक रूपमा विपन्न नागरिकहरूलाई लक्षित गरिएको छ, जसका लागि महंगो न्यूरोलोजिकल उपचार गर्न आर्थिक समस्या हुन्छ। आर्या न्यूरो हस्पिटल यो सेवामा सूचीकृत भएसँगै कोशी प्रदेशका बासिन्दाहरूले ठूलो राहत पाउने उनले जानकारी दिए।उनले भने,  ‘नेपालमा सडक दुर्घटना, उचाइबाट खस्ने, भौतिक आक्रमण जस्ता घटनाहरू टाउको र मेरुदण्डका चोटपटकका प्रमुख कारण हुन्। यस्ता चोटपटकको उपचार अत्यधिक खर्चिलो हुन्छ। विपन्न परिवारका लागि यो सेवा वरदान साबित हुन्छ।’आर्या न्यूरो अस्पताल विराटनगर-३ व्यस्त बजार कञ्चनबारी क्षेत्रमा अवस्थित  छ। पछिल्लो समय मस्तिष्क र नसासम्बन्धी रोगको उपचारमा अस्पताल केन्द्रीत छ। आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा पंकजराज नेपाल यस क्षेत्रमा दशकौंदेखि सेवारत छन्। उनको नेतृत्वमा रहेको चिकित्सकहरूको टिम पछिल्लो समय जटिल प्रकृतिका रोगको उपचारमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ। विशेषगरी मस्तिष्कसँग सम्बन्धित जटिल समस्याहरूको उपचारमा यो अस्पतालले सफलता हासिल गरेको छ।  पूर्वी नेपालमा उच्चस्तरीय न्यूरो सर्जरी सेवा उपलब्ध गराउने लक्ष्यका साथ विराटनगरमा आर्या न्यूरो अस्पतालको स्थापना गरिएको डा नेपाल बताउँछन्। ‘मेरो उद्देश्य बिरामीहरूलाई उपचारका निम्ति काठमाडौं वा भारत जानुपर्ने बाध्यता अन्त्य गर्नु थियो,’  डा नेपाल भन्छन्। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट