काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षका अवसरमा आज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको एमालेले जनाएको हो ।
त्यस अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने एमालेले जनाएको छ ।
सम्मान हुनेमा लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्न शर्मा न्यौपाने मरणोपरान्त, बाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडौं सत्यनारायण मण्डल सप्तरी, शोभाराम बस्नेत दाङ, हरिचरण शिवाकोटी झापा छन् ।

त्यस्तै, कार्यक्रममा तत्कालीन नेकपा माले र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ