२०८२ बैशाख १७ बुधबार
२०८२ बैशाख १७ बुधबार

तीनकुने घटनामा संलग्न थप १ जना पक्राउ

काठमाडौँ – गत चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा  झापा अर्जुनधारा नगरपालिका–५ घर भएका ४८ वर्षीय ओम प्रकाश लुइँटेल रहेका छन्।

Ncell 2
Ncell 2

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ।

shivam cement
shivam cement

तीनकुने स्थित खुल्ला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा लुइँटेलले निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको खुलेको प्रहरी उपरीक्षक बोहराको भनाई छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?