पाल्पा – पाल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका–४, खानीछापको मलेङ् बेलडाँडामा भएको जिप दुर्घटनामा भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गएराति लु १ ज १७२४ नम्बरको जिप तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाप जाने क्रममा दुर्घटना भएको र कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि तानसेनस्थित अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ