२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

राप्रपा प्रदर्शन : अध्यक्ष लिङ्देनसहित सात जना प्रहरी नियन्त्रणमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार गरेको प्रदर्शनमा प्रहरीले अहिलेसम्म सात जनालाई नियन्त्रणमा लिएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको हो।

सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई नियन्त्रणमा लिएको हो। संसदीय दलको कार्यालयबाट निस्केपछि उनीहरुले सिंहदरबारभित्र पम्प्लेट बोकेर प्रदर्शन गरेका थिए।

राप्रपाका नेताहरुले तीनकुने घटनाको न्यायीक छानविन गर, तीनकुने प्रकरणमा पक्राउ परेका नेताहरुलाई रिहाइ गर भन्दै नारावाजी समेत गरेका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

यस्तै, पक्राउ पर्नेमा बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कटवाललगायत छन्। नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए।

पक्राउ परे लगत्तै राप्रपाका अध्यक्ष लिङ्देनले सरकार जनताबाट झन–झन टाढा हुँदै गएका कारण नजिकै गएर जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्रमा प्रवेश गरेको बताएका थिए।

उनले भने, ‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ। जनताबाट सरकार झन झन टाढा हुँदै जाने अवस्था सृजना भएको छ। त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं। सरकारले सुन्नुपर्छ। प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिकअधिकारवादी संघ संस्थाहरुले सुन्छ।’

त्यस्तै उनले लोकतन्त्र र गणतन्त्रको नाममा निरङकुशता भएको टिप्पणी गरे। त्यसैगरी सांसद ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ लेखेको अध्यक्ष लिङ्देनको तस्विरसहितको टोपी लगाएर प्रदर्शन जनाइरहेका थिए।

पत्रकारहरुले टोपी कहिले खोल्नुहुन्छ भन्दै प्रश्न गरेपछि उनले भने,‘पहिला भ्रष्टाचार गर्न छाडुन् अनि टोपी फुकालौला। भ्रष्टाचार गरेर खानेहरुको लागि यो बिषको रुपमा प्रयोग गरिएको हो।’


सामाग्री श्रोत :

राप्रपा प्रदर्शन : अध्यक्ष लिङ्देनसहित सात जना प्रहरी नियन्त्रणमा

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट