२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

फरारीको पहिलो विद्युतीय कार अक्टोबरमा सार्वजनिक हुने, मूल्य झन्डै ७ करोड !

काठमाडौं । लक्जरी स्पोर्ट्सकार ब्रान्ड फरारीले आउँदो अक्टोबरमा आफ्नो पहिलो विद्युतीय कार ‘फरारी इलेट्रिका’ सार्वजनिक गर्ने भएको छ । हालै सम्पन्न कम्पनीको एक बैठकमा फरारीका अध्यक्ष जोन एलकानले आउँदो ९ अक्टोबरमा यो गाडी सार्वजनिक हुने जानकारी दिएको रोयटर्सले जनाएको छ । 

फरारीले पछिल्लो समय विभिन्न स्थानमा यो लक्जरी कार परीक्षण गरिरहेको छ । परीक्षणका क्रममा देखिएअनुसार यो कार एसयूभी भर्सनमा हुने चर्चा छ‍ । तर कम्पनीले यस विषयमा आधिकारिक जानकारी दिएको छैन ।

गाडीको बारेमा धेरैजसो विवरण अझै बाहिर आएका छैनन् । गएको जुनमा रोयटर्सले नै यस कारको मूल्य ५ लाख डलरभन्दा बढी (झन्डै ७ करोड रुपैयाँ बढी) हुनसक्ने समाचार लेखेको थियो ।

विश्वको अटोमोबाइल क्षेत्रमा लक्जरी स्पोर्ट्सकार बिक्री गर्ने कम्पनीको रूपमा स्थापित फरारीले सन् २०१९ देखि हाइब्रिड मोडेलहरू बिक्री गर्न सुरु गरेको थियो । फर्मुला वनबाट सुरु गरेर अब कम्पनीले स्पोर्ट्सकारलाई पनि ईभीमा परिणत गर्न लागेको हो । कम्पनीले पहिलो पटक सन् २०१४ मा हाइब्रिड फर्मुला वन कार सार्वजनिक गरेको थियो ।

बिजुली कार‍ उत्पादन गरेपनि पेट्रोल र हाइब्रिड कारको उत्पादन रोक्ने कम्पनीको योजना छैन । तीन वर्षअगाडि आफ्ना कारलाई स्मार्ट बनाउन कम्पनीले क्वालकमसँग पनि सम्झौता गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १७:११





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट