२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै

काठमाडौँ। सङ्घीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा हिमाली संवाद आयोजना गरिँदै छ । यही वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा हुने हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको समस्या उठाइने छ ।

सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा सेभ द चिल्ड्रेन, युथ एलाइन्स फर इन्भायरोन्मेन्ट ९वाइएई०, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (क्रिडाक) लगायत विकास साझेदारसँगको सहयोग र सहकार्यमा हिमाली संवाद हुन लागेको हो । यसमा सीमान्तीकरणबाट प्रभावित बालबालिका, युवा र हिमाली समुदायहरूलाई अनुभव आदानप्रदान गर्न, आफ्ना विशेष आवश्यकताहरू व्यक्त गर्न र बाल–संवेदनशील जलवायु समाधानका लागि वकालत गर्न मञ्च प्रदान गर्नेछ ।

स्थानीय मुद्दाहरूलाई राष्ट्रिय मञ्चहरूसँग जोड्दै, हिमाली संवादले हिमाली समुदायहरूभित्र एक प्रमुख मञ्चका रूपमा काम गर्ने वाइएइका अध्यक्ष सनोत अधिकारीले जानकारी दिए । “सगरमाथा संवादको बृहत् एजेन्डा ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ सँग मेल खाने गरी राष्ट्रिय र अन्तरराष्ट्रिय नीतिगत वार्ताहरूमा समुदायका आवश्यकताहरूको अर्थपूर्ण एकीकरणका लागि बालबालिका र युवाका लागि स्थान र आवाज उठाइनेछ”, उनले भने ।

हिमाली संवादका मुख्य उद्देश्यहरू बालबालिका र युवाको आवाजलाई बुलन्द गर्ने, उमेर–संवेदनशील जलवायु नीतिहरूको वकालत गर्ने, स्थानीय वास्तविकताहरूलाई विश्वव्यापी जलवायु ढाँचाहरूसँग जोड्ने र सफल समुदाय–नेतृत्वका जलवायु पहलहरू प्रदर्शन गर्ने रहेका छन् ।

संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाज सङ्गठन, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय, सरकारीतर्फका सहभागी, स्थानीय सरकारका प्रतिनिधि र नीति निर्माता, प्रदेश र सङ्घीय सरकारबाट प्रतिनिधित्व गरी करिब एक सय ५० जनाको सहभागिता रहने छ । जलवायु परिवर्तन र वातावरणीय ह्रासले बालबालिका तथा हिमाली क्षेत्र जोखिमपूर्ण बन्दै गएको विज्ञ बताउँछन् ।

वातावरणीय क्षति र उत्सर्जनमा नगण्य योगदान गरे तापनि, यी क्षेत्रका बालबालिकाले यसका विनाशकारी परिणामहरूको सबैभन्दा बढी मार खेपिरहेका छन् । नेपालका हिमाली समुदायहरूमा, बालबालिकाहरूले जलवायु परिवर्तनका चरम मौसमी घटनाहरू, वायूप्रदूषण र पानीजन्य रोगहरूको सामना गरिरहेका छन्, जसले उनीहरूको जीवन रक्षा, शिक्षा, संरक्षण र समग्र कल्याणमा असर पारिरहेको छ । त्यस्ता प्रभावित समुदायको न्यायका लागि आवाज बुलन्द गर्न हिमाली संवाद आयोजना गर्न लागिएको क्रिडाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जानकारी दिए।

विसं २०७८ को जनगणना अनुसार मुलुकको कूल जनसङ्ख्याको ३३ दशमलव आठ प्रतिशत बालबालिका छन् । नेपाल भूगोल र सामाजिक–आर्थिक चुनौतीहरूका कारण विश्वका सबैभन्दा जलवायु जोखिमयुक्त देशहरूमध्ये एक हो । हिमाली क्षेत्रहरूमा जलवायु परिवर्तनका असरहरू झनै गम्भीर छन् । मौसममा परिवर्तन, हिमनदी पग्लनु र पानीको आपूर्ति घट्नुले पहिरो, बाढी र खडेरीजस्ता विपद्हरूको आवृत्ति बढाउँछ ।

पछिल्ला केही दशकमा नेपालले जलवायुजन्य घटनाहरू बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला विपद्मा सेती बाढी, जुरे पहिरो, मेलम्ची बाढी, कर्णाली÷पश्चिम तराई पहिरोरबाढी, थामे बाढी पहिरो र काठमाडौँ उपत्यका बाढीलगायत रहेका छन् ।

कर्णाली क्षेत्रले बढ्दो खडेरी र चरम पानीको अभावको सामना गरिरहेको छ, जसले कृषि उत्पादकत्व घटाएको छ । यी चुनौतीहरूले जीविकोपार्जनलाई गम्भीर रूपमा कमजोर बनाएका छन् । बसाइँसराइ, कुपोषण, शिक्षामा अवरोध र बालविवाहमा योगदान पु¥याएका छन्, जसले बालबालिकामा दीर्घकालीन प्रभावहरूलाई बढाउँदै लगेको क्रिडाकका कार्यकारी निर्देशक शाहीले बताए।


सामाग्री श्रोत :

सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट