२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

प्रचण्चको दाबी-गणतन्त्रमाथि खतरा छैन

बिराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि कुनै खतरा नरहेको बताएका छन्।

आइतबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेको र गणतन्त्रमाथि कुनै खतरा नरहेको बताएका हुन्।

अहिले दलहरु गणतन्त्रको रक्षाका लागि एक हुनैपर्ने नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक नरहेको उनले बताए। यद्यपि गणतन्त्रका बिषयमा दलहरुबीच कुनै बिमत्ति नरहेको उनको भनाइ छ।

त्यस्तै प्रचण्डले ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बने आफूहरुको समर्थन रहेपनि भ्रष्टाचारको मुद्दामा भने कुनै समर्थन नहुने स्पष्ट पारे। उनले अहिलको गठबन्धन संविधानको भावना बिपरित भएकाले गठबन्धनलाई समर्थन गर्ने चर्चा गलत भएको बताए।

प्रचण्डले संविधान र कानुन अनुसार पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीति फर्कन कसैले नरोक्ने भएकाले जिकिर गरे। उपराष्ट्रपति नन्द किशोर पुन पार्टीमा क्रियाशिल हुन इच्छुक देखिएपछि पार्टीको जिम्मेवारीमा फर्किएको उनको भनाइ छ।


सामाग्री श्रोत :

प्रचण्चको दाबी-गणतन्त्रमाथि खतरा छैन

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट