२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

आन्दोलन जारी राख्ने शिक्षक महासंघको निर्णय

काठमाडौं– नेपाल शिक्षक महासंघले ऐन जारी गर्ने विश्वासिलो आधार सरकारले नदिएकाले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

महासंघको आज बसेको बैठकले आन्दोलनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । ‘ऐन जारी गर्ने सुनिश्चतता खोजेका हौँ । सरकारबाट विश्वासिलो अपेक्षा राखेका थियौं तर भएन,’ उनले भनिन्, ‘आन्दोलनलाई सरकारले जिम्मेवार भएर हेरेको पाइएको छैन ।’

सरकारले १२ वैशाखमा संसदको बर्खे अधिवेशन बोलाएपनि सभामुख देबराज घिमिरेबाट फरक कुरा आएकाले महासंघ विश्वस्त हुन नसकेको हो ।

Ncell 2
Ncell 2

‘सभामुखले त्यस्तो अभिव्यक्ति दिनु भएको छ । यो अधिवेशनमा शिक्षा विधेयक टेबल गर्न नसकिने कुरा आयो,’ पराजुलीले भनिन्, ‘१२ गते वर्षे अधिवेशन बोलाउनु भयो । ६–७ गते नै बोलाउन सकिन्थ्यो । यसले सरकार जिम्मेवार नभएको देखाउँछ ।’

शिक्षक कर्मचारीको सेवा सुविधाको विषय मन्त्रिपरिद्बाट निर्णय गराउने भनेपनि सरकारले सर्त राखेकाले सहमत हुन नसकेको उनले बताइन् ।

shivam cement
shivam cement

‘क्याबिनेटले गर्ने निर्णयमा मन्त्रालय तयार भएको हो । तर सर्त राखियो । निर्सत हुनुपर्छ । मन्त्रिपरिषद्ले गर्ने निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिन्छ,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘मन्त्रिपरिषद्ले गर्ने निर्णयमा सर्त होइन निसर्त हुनुपर्‍यो ।’

आन्दोलन छोडे मात्र मन्त्रिपरिषद्बाट निर्णय गराउने सर्त मन्त्रालयले राखेको गुनासो शिक्षकहरूको छ । ‘सरकारले रित्तै घर फर्काउन खोजेको छ । अब झन् ७७ जिल्लाबाट शिक्षकहरू काठमाडौं आउनुहुन्छ । विद्यालयमा कोही पनि रहनु हुन्न । सरकारले थाम्न सक्दैन,’ उनले भनिन् ।

शिक्षकहरूले काठमाडौंमा आन्दोलन थालेको १६ दिन बित्यो तर सहमति हुन सकेको छैन ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट