२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

नेपाली कांग्रेसले भन्यो: सरकारको पर्फमेन्स अझै बेटर हुनुपर्छ

काठमाडौं–सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

‘सरकारको पर्फमेन्स अझै बेटर हुनुपर्छ। बढी गठबन्धन दलबीच समन्वय र सन्तुलन हुनुपर्‍यो भन्ने कुरा भयो। अझै सशक्त रुपमा डेलिभरी सरकारले दिनुपर्छ भन्ने विषयमा कुराकानी भयो,’ उनले भने।

Ncell 2
Ncell 2

कांग्रेस बैठकमा नियुक्ति सरुवा बढुवा लगायतका विषयमा समेत छलफल भएको छ। 

‘गठबन्धनमा समन्वयको आवश्यकता छ, नियुक्तिका कुराहरूमा पनि सन्तुलनमा आवश्यकता पनि छ। सवैका कुरा समेट्नुपर्ने पनि छ’, महतले भने, ‘पार्टीगत आवद्धता भन्दा पनि व्यवसायिक डेलिभरी गर्ने मान्छे आउनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ।सभापतिले पनि त्यसकै आधारमा हुनुपर्छ भन्ने कुराकानी भइरहेको छ र सहमति जुट्छ भन्नुभएको छ।’

shivam cement
shivam cement

बैठकमा नेताहरूले सरकारबारे पार्टी नेताहरूको धारणा सम्बन्धित ठाउँमा राख्नुपर्नेमा पनि नेताहरूले जोड दिएका थिए। केही दिनयता कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरूले सरकारको कार्यशैलीलाई लिएर आलोचना गर्दै आएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट