काठमाडौं । नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’ युट्युबमा रिलिज भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारी आज बुढासुब्बा डिजिटल युट्युब च्यानलमा यो चलचित्र सार्वजनिक गरिएको हो ।

मगर संस्कार र संस्कृतिमा बनेको चलचित्रलाई अनिल बुढा मगरले लेखन तथा निर्देशन गरेका हुन् ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा मगर, कविता आले मगर, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), शिला आले, अनु थापालगायत कलाकारहरूको अभिनय छ ।
सिनेमा हलमा गएको असार २८ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले औसत व्यापार गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १५:९
सामाग्री श्रोत :
टेक पाना