
काठमाडौं । दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
आज झापाबाट प्रहरीले पक्राउ गरेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।
१५ चैतमा तीनकुनेमा भएको हिंस्रक राजाबादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन्। उक्त प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए। त्यस लगत्तै प्रसाई फरार भएका थिए। तर, प्रसाईं भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका थिए।
सामाग्री श्रोत :
















