२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

६५०० एमएएच ब्याट्रीसहित नेपाल आउँदै ‘भिभो वाई २९’, १६ जीबीसम्म र्‍याम हुने

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोले नेपाली बजारमा ‘वाई’ सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ‘भिभो वाई २९’ भित्र्याउने तयारी गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले यही अप्रिलमा नेपाली उपभोक्ताका लागि यो मोडेल उपलब्ध गराउने जानकारी दिएको छ । 

फोनमा ४४ वाट फ्ल्यास चार्ज सुविधासहित ६५०० एमएएच क्षमताको शक्तिशाली ब्याट्री दिइएको छ । एन्टी ड्रप आर्मर डिजाइनमा आउने फोन टिकाउ र बलियो हुने कम्पनीको दाबी छ ।

प्रोसेसरको कुरा गर्दा यसमा क्वालकम स्न्यापड्रागन ६८५ चिपसेट छ भने ८+८ जीबीको विस्तारित र्‍याम रहेको छ । यसले स्मुथ मल्टिटास्किङ र ल्याग फ्री पर्फर्मेन्स सुनिश्चित गर्ने बताइएको छ ।

५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२० हर्ज रिफ्रेस रेटसहितको ६.६८ इन्चको डिस्प्ले र ४०० प्रतिशत अडिओ बुस्ट क्षमतायुक्त डुअल स्टेरियो स्पिकरजस्ता विशेषताले यो फोनलाई गेमिङ, स्ट्रिमिङ तथा भिडिओ कलका लागि उपयुक्त बनाउने कम्पनीको दाबी छ ।

नेपाली बजारमा यो फोन नोबल ब्राउन र एलेगेन्ट ह्वाइट कलरमा उपलब्ध हुनेछ । यसको मूल्य भने खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८१ १४:५९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट