२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

सीजीका सामान किन्दा करिब ६२ हजार क्यासब्याक घोषणा, साथमा विभिन्न उपहार

काठमाडौं ।  नयाँ वर्ष २०८२ को अवसर पारी चौधरी ग्रुपले ‘लेभल अप ! विथ सीजी- लाइफ हुन्छ इजी’ नामक ग्राहक योजना सार्वजनिक गरेको छ ।

सीमित अवधिका लागि सुरु भएको यस योजनाअन्तर्गत ग्राहक‍ले होम इन्टरटेन्मेन्ट र होम एप्लायन्सेस खरिदमा अधिकतम ६१ हजार ८०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ ।

त्यसका साथै निश्चित उत्पादनको खरिदमा ‍उपहारहरूको व्यवस्था गरिएको छ । यसअन्तर्गत सीजी मेरिडिया गुगल टिभी (६५ देखि १०० इन्च) को खरिदमा २.१ स्पिकर, सेमी-अटोमेटिक र टप-लोड वासिङ मसिनमा २ केजी एरियल पाउडर, फ्रन्ट-लोड वासिङ मेसिनमा ६ केजी एरियल पाउडर, साइड-बाई-साइड तथा मल्टि-डोर रेफ्रिजेरेटरमा मिक्सर ग्राइन्डर, डिशवाशरमा डिशवासर किट र एसी खरिदमा निःशुल्क इन्स्टलेसन सेवा उपलब्ध गराइनेछ ।

कम्पनीले यस योजना देशभरका आफ्ना सीजी डिजिटल आउटलेट र च्यानल पार्टनरहरूमार्फत कार्यान्वयन गरिरहेको छ । 

 

पछिल्लो अध्यावधिक: चैत २६, २०८१ ११:२१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट