काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेटले नयाँ इन्टरनेट कनेक्सनमा विशेष अफर ल्याएको छ । यसअन्तर्गत ग्राहकले ५० एमबीपीएस इन्टरनेट योजना तीन महिनाको लागि २,९९९ रुपैयाँमा जडान गर्न सक्नेछन् । यो मूल्यमा सबै शुल्क, मूल्य अभिवृद्धि कर समावेश हुने कम्पनीले जनाएको छ ।

सामान्यतया ३,६०० रुपैयाँ पर्ने यो प्याकेजमा ३९९ रुपैयाँ जडान शुल्क लाग्ने भएपनि कम्पनीले विशेष अफर अवधिभर जडान शुल्क लिने छैन । त्यस्तै ओएनयू डिपोजिटको रूपमा बुझाउनुपर्ने ३९९ रुपैयाँ पनि ग्राहकले पछि फिर्ता पाउनेछन् ।
भायानेटले यस अफरका लागि फारम भरेका ग्राहकलाई २४ घण्टाभित्र सम्पर्क गरी जडान प्रक्रिया सुरु गर्ने जनाएको छ ।
थप जानकारीका लागि ग्राहकले नेपाल टेलिकमको टोल फ्री नम्बर १६६००१०२१२१, एनसेलको टोल फ्री नम्बर १८१०२१०२१२१ वा भायानेटको बिक्री नम्बर ०१-५९७०६४४ मा सम्पर्क गर्न सक्नेछन् ।

कम्पनीका अनुसार नयाँ ग्राहक आकर्षित गर्न र इन्टरनेट सेवाको पहुँच विस्तार गर्न यो अफर सञ्चालन गरिएको हो ।
पछिल्लो अध्यावधिक: चैत २६, २०८१ १३:२७
सामाग्री श्रोत :
टेक पाना