२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

१० लाख डाउन पेमेन्टमा ईभी ट्याक्सी आफ्नो बनाउन सकिने, किस्ताबन्दी सुविधा

काठमाडौं । मेट्रो अनलाइन ट्याक्सीले पुराना ट्याक्सी साटेर किस्ताबन्दीमा नयाँ ईभी ट्याक्सी उपलब्ध गराउने अफर ल्याएको छ । नेपाल सरकारको २० वर्ष अवधि पुगेका ट्याक्सी हटाउने नियमअनुसार ल्याइएको योजनाले चालक तथा ट्याक्सीधनीलाई लक्षित गरेको कम्पनीले जनाएको छ।

इजी एस्योरेन्स प्रालिअन्तर्गत सञ्चालित मेट्रो अनलाइन ट्याक्सीले बेरोजगारी न्यून गर्ने र विदेश पलायन रोक्ने उद्देश्यसहित यो योजना ल्याएको बताएको छ ।

“देशभित्रै आत्मनिर्भर हुने अवसर दिन र नियमित आम्दानीको माध्यम बनाउने लक्ष्यसहित हामीले यो अफर ल्याएका हौं,” मेट्रो अनलाइन ट्याक्सीका अध्यक्ष सञ्जित पौडेलले भने ।

यस योजनाअन्तर्गत १० लाख रुपैयाँ डाउन पेमेन्ट गरेपछि ट्याक्सी किस्ताबन्दीमा लिन सकिन्छ । नेपाल सरकारको मापदण्डमा रहेका जुनसुकै ब्रान्डका इलेक्ट्रिक ट्याक्सी यो योजनामा समावेश गर्न सकिने बताइएको छ ।

किस्ताबन्दी सुविधा विभिन्न बैंक तथा वित्तीय संस्था र गाडी कम्पनीहरुसँगको सहकार्यमा उपलब्ध गराइनेछ । यस योजनाले वायु प्रदूषण न्यूनीकरणसँगै स्वच्छ ऊर्जाको प्रवर्द्धनमा समेत टेवा पुग्ने कम्पनीको दाबी छ ।

अध्यक्ष पौडेलका अनुसार किस्ताबन्दीमा लिइएका ट्याक्सीलाई नियमित मर्मत सम्भार सेवामा विशेष छुट समेत दिइनेछ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८१ १७:२६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट