२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

‘सामूहिक प्रयासबाट विपद् घटाउन सकिन्छ’

दमौली (तनहुँ)। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामूहिक प्रयासबाट विपद् घटाउन सकिने बताएका छन्।

सशस्त्र प्रहरी बल मनकामना गणले बन्दीपुर गाउँपालिका–४ नयाँपुलमा आज आयोजना गरेको विपद् प्रतिकार्य नमूना अभ्यास कार्यक्रममा सरकारको एक्लो प्रयासबाट विपद् घटाउन नसकिने भएकाले त्यसमा सामूहिक प्रयास आवश्यक छ भने।

मुख्यमन्त्री पाण्डेले विपद्का घटना रोक्न नसकिने भए पनि क्षति घटाउनेतर्फ सबै सचेत हुनुपर्ने बताए। विपद्का बेला पहिलो उद्धारकर्ता स्थानीय हुने भएकाले उनीहरुलाई उद्धारसम्बन्धी तालिम दिन आवश्यक भएको बताए।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले विपद्का घटनामा सबैले चनाखो हुनुपर्नेमा जोड दिँदै क्षति कम गर्न हरसम्भव प्रयास गर्नुपर्छ भने।


सामाग्री श्रोत :

‘सामूहिक प्रयासबाट विपद् घटाउन सकिन्छ’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट