२०८२ बैशाख ५ शुक्रबार
२०८२ बैशाख ५ शुक्रबार

कंगोमा भारीबर्षा पछि डुबानः ३० जनाको मृत्यु, हजारौँ विस्थापित, सडक सञ्जाल पूर्ण रुपमा बन्द

एजेन्सी –कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले करिब ३० जनाको ज्यान गएको छ । साथै मध्य अफ्रिकी महानगरमा समेत विनाश मच्चाएको एक अधिकारीले आइतबार बताएका छन् ।

“धेरै घाइतेहरू छन्, उनीहरूलाई बाहिर निकालिएको छ र अहिलेसम्म शनिबारको मुसलधारे वर्षाबाट मृत्यु हुनेहरूको सङ्ख्या ३० को हाराहारीमा छ”, किन्सासाका प्रान्तीय सार्वजनिक स्वास्थ्यमन्त्री प्याट्रिसियन गोङ्गो अबाकाजीले भने ।

Ncell 2
Ncell 2

चिकित्सकका अनुसार पीडितहरू या त डुबेका थिए वा आफ्नो घरको भित्ताहरू भत्किँदा मारिएका थिए । शुक्रबार राति शनिबारसम्म परेको वर्षापछि, पानीको सतह बढ्दा करिब एक करोड ७० लाख जनसङ्ख्या भएको महानगरको धेरै बाहिरी र गरिब उपनगरहरूलाई ध्वस्त बनाएको छ ।

shivam cement
shivam cement

त्यस्तै बढ्दो वर्षाका कारण राष्ट्रिय सडकमध्ये एकमा यातायात बन्द भयो । यो सडक किन्सासाको मुख्य सडक मार्ग हो । यो सडक मार्ग हुँदै केन्द्रबाट विमानस्थलसम्म तथा साथै धेरै छिमेकी जिल्लामा पुग्न सकिन्छ । बाढीले प्रायः किन्सासालाई प्रभावित गर्दछ । किन्सासा नाइल पछि अफ्रिकाको दोस्रो सबैभन्दा ठुलो कंगो नदीको किनारमा अवस्थित छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट