२०८१ चैत्र २६ मंगलवार
LATEST NEWS
२०८१ चैत्र २६ मंगलवार

अवैध भन्दै अमेरिकाले डिपोर्ट गर्‍यो वैध आप्रवासी, तीन दिनभित्र फिर्ता गर्न अदालतको आदेश

काठमाडौं– अमेरिकाले अवैध भनेर वैध आप्रवासीलाई डिपोर्ट गरेको खुलेको छ। गत मार्चमा भेनेजुयलाको आपराधिक समूह ‘ट्रेन दि अरागुआ’मा संलग्न रहेको भनेर झन्डै साढे दुई सय जनालाई बढीलाई डिपोर्ट गरी एल साल्भाडोरको जेल पठाएको थियो।

तीमध्ये किल्मार अब्रेगो गार्सिया भने वैध ढंगले नै अमेरिकाको मेरिल्याण्ड बस्दै आएको खुलेको छ। वर्क परमिट लगायतका कागजातसहित उनी वैध ढंगले काम गरिरहेको भए पनि उनलाई ट्रम्प प्रशासनले डिपोर्ट गरेपछि अदालतमा मुद्दा परेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी सरकारले यसअघि नै उनलाई भूलवश डिपोर्ट गरिएको स्वीकार गरिसकेको छ। भूलवश डिपोर्ट गरिएको भए उनलाई तत्काल फिर्ता ल्याउन मेरिल्याण्डको ग्रीनबेल्ट अदालतमा मुद्दा दर्ता भएको थियो।

Ncell 2
Ncell 2

शुक्रबार मुद्दाको सुनवाइ गर्दै अदालतले भूलवश डिपोर्ट गरिएको भनिएका ती पुरूषलाई तीन दिनभित्र अमेरिका फिर्ता ल्याउन आदेश दिएको छ। न्यायाधीश पाउला जिनिसले ती व्यक्तिलाई अमेरिका नै फिर्ता ल्याउन अप्रिल ७ सम्मको समय दिएको रोयटर्सले जनाएको छ।

सुनुवाइको क्रममा किल्मारका वकिलले भूलवश पठाउन सक्ने सरकारले फिर्ता गर्न पनि सक्नुपर्ने बताएका थिए। सरकारी वकिलले भने फिर्ता गर्न सकिने अवस्था नरहेको बताएका छन्। सरकारी वकिलले मेरिल्याण्डको उक्त आदेशमाथि माथिल्लो अदालतमा अपिल गर्ने तयारी गरेको छ।

shivam cement
shivam cement

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी अदालतको आदेश एल साल्भाडोरमा नलाग्ने बताएकी छन्। उनले न्यायाधीशलाई एल साल्भाडोरको राष्ट्रपति नइब बुकेलेसँग सम्पर्क गर्न सुझाव दिएकी छन्।

किल्मारकी श्रीमती र ५ वर्षीय छोरा अमेरिकी नागरिक रहेको पनि रोयटर्सले लेखेको छ। उनीहरूले  सरकार आफ्नो गल्ती सुधार गर्न तयार नदेखिएको गुनासो गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट