२०८२ असार ७ शनिबार
LATEST NEWS
२०८२ असार ७ शनिबार

झिनो अंकले बढ्यो नेप्से,बढ्यो कारोबार

काठमाडौं–साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले वृद्धि भएको छ।

बुधबार २५.३१ अंकले बढेको नेप्से बिहीबार करिब ३ अंकले बढेको हो। योसँगै यो साता नेप्से परिसूचक २७०२.८६ विन्दु कायम भएको छ।

Ncell 2
Ncell 2

साताको अन्तिम कारोबार दिन आज ९३ कम्पनीको सेयर मूल्य बढ्यो। यस्तै, १५१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। जसबाट झण्डै ८ अर्ब अर्थात ७ अर्ब ८४ करोडभन्दा बढीको कारोबार भएको छ।

shivam cement
shivam cement

आज ग्रिन भेञ्चर लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड मूल्यमा नकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा हिमालयन लिमिटेड रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?