साइप्रसमा रहेका नेवारी समुदायको पहलमा “झिगु नेवा समाज, साइप्रस” (Jhigu Newa Samaj Cyprus) औपचारिक रूपमा गठन गरिएको छ। निकोसियामा फेब्रुअरी ८ तारिख आइतबार आयोजित एक कार्यक्रममा रोजगारी तथा उच्च शिक्षाका लागि साइप्रसमा बसोबास गर्दै आएका नेवारी समुदाय तथा नेवारी संस्कृतिप्रति आस्था राख्ने व्यक्तिहरूको उपस्थितिमा संस्था गठन गरिएको हो।
साइप्रसमा रहेका नेवा (नेवार) समुदायलाई एकताबद्ध गर्ने, नेवारी भाषा, संस्कृति, कला तथा परम्परागत चाडपर्व (इन्द्रजात्रा, म्हः पूजा, यःमरी पुन्हि आदि) को संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ संस्था गठन गरिएको हो। साथै साइप्रस सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने, आपतकालीन अवस्थामा सदस्यहरूलाई सहयोग गर्ने तथा स्थानीय निकाय, नेपाली नियोग र नेपाली संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने उद्देश्य लिएको जनाएको छ।
संस्थाको प्रमुखमा लक्ष्मी श्रेष्ठ र उपप्रमुखमा मित्रलाल श्रेष्ठ चयन भएका छन् । नवगठित संस्थाले आफूलाई गैर–राजनीतिक तथा गैर–नाफामूलक सामाजिक संगठनको रूपमा अघि बढाउने जनाएको छ।
संस्थालाई व्यवस्थित, प्रतिनिधिमूलक र दिगो रूपमा अगाडि बढाउने उद्देश्यले समुदायलाई पाँच क्षेत्रमा विभाजन गरिएको छ। लिमासोल, निकोसिया, पापोस, पारालिम्नी–आयिया नापा र लार्नाका गरी पाँच क्षेत्र निर्धारण गर्दै प्रत्येक क्षेत्रबाट समिति, सहसमिति र कार्यसमिति सदस्य चयन गरिएको जनाइएको छ।

झिगु नेवा समाज, साइप्रसको पाँच क्षेत्रगत संरचना
क्षेत्र नं. १ – लिमासोल
समिति: प्रमिला श्रेष्ठ
सहसमिति: शेखर श्रेष्ठ
कार्यसमिति: समीक्षा श्रेष्ठ

क्षेत्र नं. २ – निकोसिया
समिति: राधा बज्राचार्य
सहसमिति: खेमराज श्रेष्ठ
कार्यसमिति: अम्बिका श्रेष्ठ
क्षेत्र नं. ३ – पापोस
समिति: विजय श्रेष्ठ
सहसमिति: रोजिना श्रेष्ठ
कार्यसमिति: उमेश श्रेष्ठ
क्षेत्र नं. ४ – पारालिम्नी–आयिया नापा
समिति: अप्सरा श्रेष्ठ
सहसमिति: मनिष राज श्रेष्ठ
कार्यसमिति: राम श्रेष्ठ
क्षेत्र नं. ५ – लार्नाका
समिति: संगिता श्रेष्ठ
सहसमिति: सुदिक्ष्या श्रेष्ठ
कार्यसमिति: अमर श्रेष्ठ
साथै, संस्थाले साइप्रसभरि रहेका नेवारी समुदायलाई “झिगु नेवा समाज, साइप्रस”सँग आबद्ध भई सदस्यता ग्रहण गर्न सार्वजनिक रूपमा आह्वान गरेको छ।
सदस्यताका लागि सम्पर्क केन्द्रीय नेतृत्व प्रमुख: लक्ष्मी श्रेष्ठ – 94062581 र
क्षेत्रीय सम्पर्क व्यक्ति
-
लिमासोल: प्रमिला श्रेष्ठ – 95253882
-
निकोसिया: राधा बज्राचार्य – 96804357
-
पापोस: विजय श्रेष्ठ – 99936542
-
पारालिम्नी + आयिया नापा: अप्सरा श्रेष्ठ – 96209711
-
लार्नाका: संगिता श्रेष्ठ – 97842221













