साइप्रसमा निधन भएकी नेपाली मन्दिरा कुमारी विश्वकर्माको शव कतार एयरवेज कार्गो मार्फत नेपाल पठाइने भएको छ।
नेपाली वाणिज्यदूतावास निकोसियाले दिएको जानकारी अनुसार शव ३० जनवरीमा लार्नाका विमानस्थलबाट कतार एयरवेजको उडान मार्फत दोहा पठाइने र त्यसपछि ३१ जनवरी शुक्रबार का दिन QR646 उडानमार्फत काठमाडौं पुग्नेछ।
शव ढुवानी, कागजात तथा कानुनी प्रक्रिया सबै पूरा भइसकेको वाणिज्यदूतावासले जनाएको छ।
शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मृतकका छोरा योगेश कुमार विश्वकर्मा र श्रीमान ले बुझ्नेछन्। साउदी अरब मा कार्यरत श्रीमान इश्वर विश्वकर्मा गत हप्ता नै नेपाल पुगी सकेका छन्।

लालबन्दी–७, सर्लाही घर भएकी मन्दिरा कुमारी विश्वकर्माको उपचारका क्रममा गत जनवरी ११ गते बिहान ९:३० बजे लिमासोलस्थित अस्पतालमा निधन भएको थियो।













