२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

गणतन्त्रवादी दलहरुलाई रविको आरोप- तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको सक्रिय भूमिकामा फर्किएका छन्।

पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका लामिछानेले समर्थकहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले सरकारले अहिले पनि आफूमाथि षड्यन्त्र गरिरहेको बताए।

Ncell 2
Ncell 2

‘पाँच महिनाअघि सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर यहीँबाट उठाएर लगेको थियो। सरकारको षड्यन्त्रको सिलशिला सकिएको छैन,’ उनले भने, ‘तर म जुनसुकै परिस्थितिको सामना गर्न तयार छु।’

रास्वपा राजसंस्था कि गणतन्त्रको पक्षमा उभिन्छ भन्ने प्रश्नलाई लामिछानेले प्रतिकात्मक जवाफ दिएका छन्। उनले गणतन्त्रवादी दलहरुलाई ईंगित गर्दै उनीहरुले लोकतन्त्र र गणतन्त्रको खोल मात्र ओढेको बताए।

shivam cement
shivam cement

लामिछानेले भने, ‘तपाईंहरु जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन। तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ। रास्वपा खोल ओढ्दैन। रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ। तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउँने रहर हामीलाई छैन।’

दुई तिहाइको सरकारले ज्यूँदै छोड्नु नै आफ्नो जित भएको रविले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट