काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले शुक्रबार तीनकुने लगाएतका क्षेत्रमा भएको हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न माग गरेकी छन्।

सोमबार प्रतिनिधि सभाको बिशेष समयमा शर्माले तीनकुने लगायतका क्षेत्रमा भएको हिंसात्मक घटनाको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह रहेको भन्दै घटनाका दोषीलाई कारवाही गर्न माग गर्नुभएको हो ।
उनले संविधान र कानूनभन्दा माथि कोही नरहेकाले सवैलाई कारवाही हुनुपर्ने बताइन्। शर्माले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने स्पष्ट पारिन्।
व्यवस्थाप्रति जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकार लाग्नुपर्ने उनको भनाइ छ।

सामाग्री श्रोत :