२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

लिङ्देनको चेतावनी -जनताले चाहे गणतन्त्र जान्छ, युवाको शक्तिलाई नहोच्याउनुस्

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएर गणतन्त्रवादी दलहरूले लुटतन्त्र मच्चाइरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै जनताले चाहे गणतन्त्र जाने भन्दै युवाको शक्तिलाई कमजोर नठान्न चेतावनी दिए।

‘तपाईंले जबसम्म व्यवहार सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै होइन, उल्ट्याउँछन् नै,’ अध्यक्ष लिङ्देनले भने, ‘जनताले चाह्यो भने यो गणतन्त्र जान्छ। युवाको शक्तिलाई नहोच्याउनुस्।’

Ncell 2
Ncell 2

साथै, उनले गत १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा आन्दालनकारीले मात्रै नभइ सरकारले पनि ज्यादती गरेको बताए।

उनले भने, ‘चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? त्यो निणन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईँ कांग्रेस-एमाले भन्नेहरू सरकारमा बसेर भजन गाउँदै, मादल बजाउँदै आइपुगेको हो ? तपाईँहरू तोडफोड नगरी, मान्छे नमारी आएको हो ? त्यसैले म भन्छु सविन महर्जन हिँडिरहेको बेलामा गोली किन हानियो ? छतमाथि बसेर म्याद सकिएको अश्रु ग्यास मञ्चमा किन बसाइयो ? किन गोली हानियो त्यसको जवाफ चाहिन्छ ?’

shivam cement
shivam cement

उनले तीनकुने घटना छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग गरे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट